टोयोटा गाडी किन्ने ग्राहकहरुलाई गरिमा विकास बैंकले आधार दरमा सवारी कर्जा प्रवाह गर्ने
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार २०:५९:३९
१८ वैशाख, काठमाडाैं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि (नेपालको लागि टोयोटा गाडीको आधिकारिक वितरक) बीच टोयोटा गाडी खरिद गर्ने ग्राहकहरूलाई गरिमा विकास बैंक लिमिटेडले आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता–पत्रमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाश बि. राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापत्रमा युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.बाट ग्राहकहरूले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा विकास बैंक लिमिटेडबाट आधार दरमा नै अधिकतम १२ बर्षसम्मको अवधिका लागि सवारी कर्जा लिन सक्नेछन् ।
ग्राहकहरूले व्यक्तिगत तथा व्यवसायीक दुवै प्रयोजनको लागि टोयोटा ब्राण्डको सवारी साधन खरिद गर्दा यो कर्जा सुविधा प्राप्त गर्नेछन् । सम्झौता पश्चात युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. ले गरिमा विकास बैंक लिमिटेडलाई बैंकिङ पार्टनरको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा ATM मार्फत ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरूलाई ब्याग वितरण
बैशाख ३१, २०८१ सोमबार
मुक्तिनाथ विकास बैंकद्वारा धादिङका विद्यार्थीहरूलाई स्टेशनरी सामान वितरण
बैशाख ३१, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा विलम्ब
जेठ ८, २०८१ मंगलबार
पार्टी विभाजनविरुद्ध उपेन्द्र यादवको रिटमा आज पेशी
जेठ ८, २०८१ मंगलबार
इजरायलले भन्यो- रफाहमा तीब्र सैन्य कारबाही हुन्छ
जेठ ८, २०८१ मंगलबार
बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
जेठ ८, २०८१ मंगलबार
आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स खेल्दै
जेठ ८, २०८१ मंगलबार
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
जेठ ८, २०८१ मंगलबार