दाङको तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार २१:२७:१४
१८ वैशाख, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयबाट शुल्क विवरण माग गरेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुसार सबै निजी विद्यालयको भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्कको विवरण माग गरेको हो । यही वैशाख१४ गते शुल्क विवरण माग गरिएकोमा अहिलेसम्म ४२ वटा विद्यालयले विवरण पठाएका छन् ।
उपमहानगरपालिकाभित्र ६८ सामुदायिक विद्यालय हुन् । अझै २६ विद्यायले विवरण नबुझाएको प्रमुख भण्डारीले बताए । उनका अनुसार एक हप्ता समय दिएर विवरण माग गरिएको हो । विवरण उपलब्ध नगराउने विद्यालयलाई ग्रेड वृद्धि रोक्ने तथा ‘आइएमएस इन्ट्री’ रोकिदिने समेत उनले बताए ।
पछिल्लो समय निजी विद्यालयले बढी शुल्क लिएको भन्दै अभिभावकले गुनासो पोख्न थालेपछि विवरण माग गरिएको प्रमुख भण्डारीको भनाइ छ । “धेरै अभिभावकले शुल्क बढी भएको विषयमा गुनासो गर्नुभयो”, उनले भने, “त्यसपछि हामीले सबैको विवरण माग गरेका छौँ, त्यो विवरणका आधारमा एउटा निर्णय गरेर अगाडि बढ्नेछौँ ।” सकेसम्म सबै निजी विद्यालयको शुल्कमा एकरुपता ल्याउने प्रयास गरिने प्रमुख भण्डारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया रोग होइन, अवस्था हो’
जेठ ४, २०८१ शुक्रबार
बहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
रोप्नका लागि तयार पारेको धानको ब्याड
जेठ ८, २०८१ मंगलबार
लमजुङ हिमाल र डाँडापाखाको मनोरम दृश्य
जेठ ८, २०८१ मंगलबार
चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान
जेठ ८, २०८१ मंगलबार
नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी
जेठ ८, २०८१ मंगलबार
हलो र गोरुको सहायताले मकै छर्दै किसान
जेठ ८, २०८१ मंगलबार