इलाममा मारुती भ्यान दुर्घटना : १ जनाको मृत्यु, एक गम्भीर घाइते
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार ८:४६:३३
१९ वैशाख, इलाम । इलाममा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मारुती 'भ्यान'का चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दीपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले बताए ।
भ्यानमा सवार इलाम नगरपालिका–५ निवासी २६ वर्षका विश्वास राई गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि झापा पठाइएको प्रहरी नायब उपरीक्षक जवेगूले जानकारी दिए ।
झापाबाट इलाम आउँदै गरेको मे १ ज ३२६३ नम्बरको भ्यान मेची राजमार्ग अन्तर्गत रोङ गाउँपालिका–४ बाइखोरमा दुर्घटना भएको हो । भ्यान राजमार्गबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुरिनटारमा माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ९, २०८१ बुधबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार