वेस्टइन्डिज विरुद्ध टस हारेर पहिला बलिङमा नेपाल
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार १२:१७:१
१९ वैशाख, काठमाडौं । नेपालले तेस्रो टी -२० खेलमा वेस्टइन्डिज ए विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालको कप्तानी भने दीपेन्द्रसिंह ऐरीले गर्नेछन् ।
आजको खेलमा नेपालले कप्तान रोहित पौडेललाई आराम दिएको छ । यस खेलमा नेपालको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्दै छन् ।
आज नेपाली टिममा चार परिवर्तन गरिएको छ । आज कप्तान रोहितसहित कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्दलाई बाहिर राखिएको छ भने करण केसी, विवेक यादव, विनोद भण्डारी र कमल सिंह ऐरी खेल्दै छन् ।
यस सिरिजमा नेपाल र वेस्ट इन्डिज ए ले एक एक खेल जितेका छन् र सिरिज १-१ को बराबरीमा रहेको छ ।सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा वेस्ट इन्डिज ए ले १० रनको जित हासिल गरेको थियो ।
नेपालको प्लेइङ: ११ ; दिपेन्द्र सिंह ऐरी (कप्तान), अनिल शाह, आरिफ सेख, कुशल मल्ल, गुलशन झा, करण केसी, बिबेक यादव, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् । सिरिजको चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ८, २०८१ मंगलबार
दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित
जेठ ८, २०८१ मंगलबार
विवाहको बहानामा चीन पुर्याई मानव बेचबिखन गरेको अभियोगमा महिला पक्राउ
जेठ ८, २०८१ मंगलबार
कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
जेठ ८, २०८१ मंगलबार
मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए
जेठ ८, २०८१ मंगलबार
रोप्नका लागि तयार पारेको धानको ब्याड
जेठ ८, २०८१ मंगलबार