रात्री मजदुरको कथा !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार १३:४०:२५
♦ मनिष अर्याल
१९ वेशाख, काठमाडाैं । आज मई १ अर्थात् मजदुर दिवस । मजदुर भनेको भारी बोक्ने वा कोदालो खन्ने वा इट्टा, गिटी, वालुवा बोक्ने मात्र हुँदैनन् । समाजमा अनेकथरी मजदुर भेटिन्छन् । यस्तै एउटा अलग्गै कथा बोकेका मजदुर हुन्, अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका–८, नुवाकोटका अनिल परियार । उनको रुचि सानै देखि गायनमा थियो ।
आफ्नै गाउँठाउँ, मेला, विद्यालयमा गीत गाएर रमाइलो गर्ने अनिललाई ख्यातीप्राप्त गायक बन्ने ठूलो सपना थियो । १७ वर्षको उमेरमा एसएलसी दिएर बसेका अनिललाई सपनाको शहर काठमाडाैं पुग्ने रहर जाग्यो । सानै उमेरमा ठुलो सपना बुन्दै अनिल काठमाडाैं पसे । गाउँघरबाट ठूलो सपना बोकेर काठमाडौं छिरेका अनिललाई ठुलो शहरमा हराइन्छ कि भन्ने डर पनि थियो । आएको केही महिना उनी कामको खोजीमा भौतारिए । डुल्दाडुल्दै कपडा पसलमा काम गर्ने अवसर मिल्यो । केही वर्ष त्यहाँ काम गरेका उनलाई चिनजानबाट दोहोरी साँझमा काम गर्ने अवसर मिल्यो ।
अनिलको सपना ठुलो गायक बन्ने नै हो । खुसी भएर दोहोरी साँझमा काम गर्न थाले । तर दोहोरी साँझमा काम गर्न त्यति सहज भने थिएन । सोँचेको भन्दा फरक समयमा काम गर्नु पर्यो । दिउँसो अन्य काम गर्ने र बेलुकी ६ बजेदेखि राती २ बजेसम्म दोहोरी साँझमा गाउनु पर्ने भयो । काठमाडाैं बसेर गायन पेशा सुरु गर्दा मासिक २५०० तलब पाए । सपनाको शहर भए पनि काम पाउन निकै मुश्किल थियो । पाएको र मन भित्रको रहर मेटाउन २०६६ सालबाटै दोहोरी साँझमा गीत गाउन सुरु गरेका हुन् ।
उनले दोहोरी साँझमा गीत गाउन सुरु गरेको पनि १५ वर्ष भइसक्यो । उनको रहर ठुलो गायक बन्छु भन्ने नै छ । उनी घरको आर्थिक अवस्थाले रात्री मजदुर बनेका हुन् । १५ वर्षमा राजधानीका ५ वटा दोहोरी साँझमा काम गरिसके । अहिले पनि कोटेश्वरको एक दोहोरी साँझमा आवद्ध छन् । बाह्य गायनमा पनि उत्तिकै अब्बल छन् । गीतसंगीतमा लागेर उनमा पछुतो छैन । गीत गाएरे अनिलले थुप्रै पुरस्कार तथा सम्मान पाएका छन् । अनिललाई अब पैसा कमाउने रहर जागेको छ । उनी वैदशिक रोजगारका लागि कोरियन भाषा अध्ययन गर्छन् ।
राती भएपछि दोहोरी साँझमा पुग्ने उनी झिसमिसेमै भाषा अध्ययन गर्ने गर्छन् । घरको पुर्ण रुपमा सहयोग हुँदाहँदै पनि आर्थिक अवस्थाले पछि परेको जस्तो उनी ठान्छन् । उनले भने, ‘मसँग क्षमता वा प्रतिभा छ तर आर्थिक अवस्थाका कारण कलाबिहिनताको अनुभूति हुन्छ ।’
दिनचर्या पनि गजबकै छ । बिहान कोरियन भाषा अध्ययन, दिउँसो खाना खाएर केही बेर आराम र बेलुकी नहुँदौ दोहोरी साँझको यात्रा हुन्छ । दोहोरीमा काम गर्दा त्यति सहज भने छैन । समयमा तलब नपाउने समस्या छँदैछ । कतिपय दोहोरीले विना तलब निकाल्ने समस्या अर्को छ । गीत गाउँदागाउँदै ग्राहकले सीसाको गिलासले हानेको दुःखद अनुभव पनि अनिलसँग छ । ‘दोहोरीमा काम गर्दा धेरै सहनुपर्छ,’ उनले भने, ‘देख्दा राम्रो होला यस भित्र धेरै कथा लुकेको छ ।’ उनी दोहोरी साँझमा मात्र होइन बाहिर कार्यक्रमका मञ्चमासमेत गीत गाउने गर्छन् । अहिले राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान समन्वय समिति ललितपुरको सहसचिव छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय उत्पादन बेच्न ६ घण्टा पैदलयात्रा
जेठ ८, २०८१ मंगलबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षकलाई दिन कटाउनै मुस्किल !
जेठ ४, २०८१ शुक्रबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिलेः सिरोहिया
जेठ ८, २०८१ मंगलबार
पर्यटन प्रवर्द्धनका लागि अन्नपूर्ण म्याराथन
जेठ ८, २०८१ मंगलबार
पलाञ्चोक भगवती : संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम
जेठ ८, २०८१ मंगलबार
कालोपत्रे सडक निर्माणको काम हुँदै
जेठ ८, २०८१ मंगलबार
बाँकेमा हुरीबतासले विद्युत् आपूर्ति प्रभावित
जेठ ८, २०८१ मंगलबार