आईजीपी वसन्तबहादुर कुँवर स्वदेश फिर्ता
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार १४:१६:४०
१९ वैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा सञ्चालन भएको ‘१९औँ हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालका तर्फबाट सहभागी भई आज स्वदेश फर्किएका छन् ।
प्रहरी महानिरीक्षक कुँवर यही वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा नेपालका तर्फबाट सहभागी भएका थिए । हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रुपमा इन्टरपोल एनसीबीः अन्तर्राष्ट्रिय सङ्गठित अपराधको खतराविरुद्ध संयुक्त मोर्चालगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरुको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण एक सय ९६ सदस्य राष्ट्रका एनसीबी प्रमुख, इन्टरपोल महासचिव तथा पदाधिकारीबीच समन्वय एवं सहकार्यका विषयमा छलफल भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार सदस्य राष्ट्रहरुबीच आइ–२४-७ मा पहुँच विस्तार गर्दै थप आपराधिक डेटा साझेदारी गरेर आपराधिक प्रक्रिया रोक्न, बालबालिकाको सुरक्षा र डेटा सुरक्षा बढाउँदै लैजानेलगायत ‘एजेन्डा’मा छलफल तथा सहमति भएको थियो ।
राष्ट्रिय केन्द्रीय ब्यूरो 'एनसीबी' नेपालका प्रमुख रहेका प्रहरी महानिरीक्षक कुँवरले आपराधिक घटनाको सूचना आदान–प्रदान, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको क्षमता निर्माण एवं पारस्परिक सहयोग आदानप्रदानका विषयमा भारत, चीन र मलेसियाका प्रतिनिधिसँग द्विपक्षीय छलफल गरेको बताइएको छ ।
प्रहरी महानिरीक्षक कुँवर कन्फरेन्समा सहभागी हुन यही वैशाख १० गते त्यसतर्फ प्रस्थान गरेका थिए। कन्फरेन्समा प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहको सहभागिता रहेको थियो । प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा आज प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकलगायत प्रहरी वरिष्ठ अधिकृतले स्वागत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार