ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार १४:१९:२६
१९ वैशाख, बागलुङ । बागलुङको मध्य भागमा पर्छ गलकोट नगरपालिका । समथर भू-भागदेखि उच्च पहाडसम्म फैलिएको गलकोटको बस्ती-बस्तीमा सडक पुगेका छन् तर ग्रामीण क्षेत्रबाट बसाइँसरेर बजार झर्नेको संख्या घटेको छैन ।
दिनप्रति दिनको बसाइँसराइले गाउँ रित्तिन थालेको छ । बसाइँसराइलाई रोक्नका लागि नगरपालिकाले ग्रामीण सडकहरु स्तरोन्नति गरी गाउँमै सुविधा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ । नगरपालिका स्थापना हुन पूर्व नै गलकोटमा धेरै सडक ट्र्याक खुलेका थिए । विसं २०७३ अगाडि तीन सय ३० किलोमिटर ग्रामीण सडकको ट्र्याक खुलेको थियो । सात वर्षको अवधिमा एक सय ५७ किलोमिटर थप सडक ट्र्याक खुल्यो ।
नगरपालिकाभर नयाँ र पुराना गरी चार सय ८७ किलोमिटर ग्रामीण सडक छन् । ती सबै सडकलाई प्राथमिकताका आधारमा पालिकाले स्तरोन्नति गर्न थालेको छ । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीका अनुसार ११ वटै वडाको सबै बस्तीमा सडक पुगेको हुँदा अब नयाँ ट्र्याक खोल्ने काम रोकिएको छ ।
यस वर्ष हटिया-हरिचौर-ताराखोला सडक, हटिया बजारदेखि कोटघर सडक र नरेठाँटी-दुदिलाभाटी सडक कालोपत्र गर्न थालिएको भण्डारीले बताए । मल्म-पाण्डवखनी, रँगेनी-तोरीखोला-ठानामजुवा सडक र हरिचौर-टेउवालगायत पालिकाभरका २० वटा सडक चालु आर्थिक वर्षमा स्तरोन्नति भइरहेको उनले जानकारी दिए ।
“गलकोटमा धेरै वर्ष अगाडिदेखि सडक खुल्न थालेका थिए, नगरपालिका स्थापना भएर जनप्रतिनिधि आएपछि सुरुका वर्षदेखि सडकमा लगानी गरिएको थियो”, प्रवक्ता भण्डारीले भने, “अब धेरै बस्तीमा सडक पुगिसकेको हुँदा नयाँ ट्र्याक नखोल्ने योजनामा छौँ, अति आवश्यक परेको ठाउँमा ट्र्याक खोल्नै परे खोलिने छ नत्र स्तरोन्नतिमा ध्यान दिनेछौँ ।”
गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले सडक गुरुयोजना बनाएर काम गर्न थालेको बताए । अघिल्लो वर्षदेखि नै पालिकाभरिका सडक बाह्रै महिना सञ्चालन हुने स्तरको बनाइएको र अब कालोपत्र गरिने उनको भनाइ छ ।
प्रमुख गैरेका अनुसार विसं २०७४ साल यता ११ किलोमिटर ढलान तथा कालोपत्र, ६५ किलोमिटर ग्राभेल, पाँचवटा मोटरेबल पुल र दुई दर्जन कल्भर्ट निर्माण भएका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग गलकोटमा करिब ४५ किलोमिटर फैलिएको हुँदा यसले यातायातमा ठूलो टेवा पु¥याएको छ ।
नगरपालिकाले सडकलाई स्तरोन्नति गर्न थालेपछि यात्रा र सामान ढुवानीमा सहज भएको गलकोट नगरपालिका(६ का वीरबहादुर खत्रीले बताए । अघिल्लो वर्षसम्म थुप्रै सडक साँघुरा र अप्ठ्यारा हुँदा यात्रा गर्न निकै कठिन हुने गरेको थियो । अहिले धेरै सजिलो भएको खत्रीको भनाइ छ । सडक स्तरोन्नतिपछि गाडी भाडासमेत घटेकोमा स्थानीयवासी खुसी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
जेठ ८, २०८१ मंगलबार
धुलिखेल-खावा सडक : दुई दिन राजमार्ग बन्द गरेर विस्तारको काम
जेठ ८, २०८१ मंगलबार
सिम्जुङ–महाभिर–घ्याच्चोक सडक धमधाम कालोपत्र गरिँदै
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
उपप्रधानमन्त्री रघुवीर महासेठको सम्पत्ति दुई वटा घरसहित २ करोड नगद, ४३ तोला सुन
जेठ ८, २०८१ मंगलबार
मन्त्रिपरिषदका कुन सदस्यको कति सम्पति ?
जेठ ८, २०८१ मंगलबार
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आईपीभी’ खोप लगाइने
जेठ ८, २०८१ मंगलबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु
जेठ ८, २०८१ मंगलबार