राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
कुसुम सेञ्चुरी
बैशाख १९, २०८१ बुधबार १४:३२:५४
१९ वैशाख, काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले राष्ट्रिय राजनीतिमा चासो राख्न थालेकी छ्नि । राष्ट्रिय राजनीतिको साथै उनले पार्टीगत राजनीतिमा पनि चासो राखेकी छिन् । एमालेको जनवर्गीय संगठनहरुले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई कार्यक्रमको प्रमुख अतिथि बनाउन लागेपछि चासो बढ्दै गएको हो । जेठ १६ र १७ गते जनसंगठनहरूको महिला राष्ट्रिय भेला गर्ने, त्यसमा उपस्थिति जनाउने अवस्था आएपछि उनको राजनीतिक चासो बढ्दै गएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय सम्मान लिएर बस्न सुझाव दिएको नौ महिनापछि पार्टीले ‘गणतन्त्र गौरव’ पदकबाट सम्मान गरेको थियो । एमालेले पार्टी स्थापनाको हीरक महोत्सवमा वैशाख १० गते पूर्वराष्ट्रपति एवं पार्टी पूर्वउपाध्यक्ष भण्डारीलाई सम्मान गरेको हो ।
२०७९ फागुनमा राष्ट्रपतिबाट बिदा भएकी भण्डारी फेरि सक्रिय राजनीतिमा आउन सक्ने चर्चा चलिरहेका बेला एमाले अध्यक्ष ओलीले गत साउनको अन्तिम साता एउटा कार्यक्रममा राष्ट्रिय सम्मान लिएर बस्नु उपयुक्त हुने अभिव्यक्ति दिएका थिए । भण्डारीलाई फेरि एमाले राजनीतिमा ल्याएर अध्यक्ष बनाउनुपर्ने भन्दै ‘लबिङ’ गरिरहेका केही नेता ओलीको तारोसमेत बनेका थिए । तर उनी यतिबेला आफैं राजनीतिक रुपमा सक्रिय हुन थालेको बताइएको छ । उनकी छोरी उषा किरण भण्डारी थापालाई ओलीले राष्ट्रिय सभा सदस्य हुन गरेको आग्रहलाई समेत अस्वीकार गरेको अवस्थामा भण्डारी आफैं राजनीतिमा आउन लागेकी हुन कि भन्ने आंशका बढ्दै गएको छ ।
ललितपुरको गोदावरीमा पार्टी महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरिएपछि राजनीतिमा भण्डारीको पुनरागमन रोकिएको हो कि भन्ने शंका पनि थियो तर महिला भेलामा उपस्थित हुने भनेपछि फर्केने संभावना बढेको एमालेका एक नेताले बताएका छन् । ‘गणतन्त्र गौरव सम्मान'ले उनलाई राजनीतिमा तान्न खोजिएको हो वा व्यवस्थापन गर्न सहज होस् भनेर अनुमान लगाउन सकिएको थिएन, अहिले महिला भेलामा सहभागी हुने जानकारी दिएपछि पुनरागमनको संभावना बढेको छ’, स्रोतले भन्यो ।
भण्डारीलाई एमाले जनवर्गीय संगठनले आयोजना गर्ने कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिसकेको छ । जनसंगठन समन्वय संयन्त्रको बैठकले जेठ १६ र १७ गते जनसंगठनहरूको महिला राष्ट्रिय भेला गर्ने र पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाउने निर्णय गरेपछि महिलाहरुले भण्डारी निवास पुगेर औपचारिक निम्तो दिइसकेका छन् । यसले पूर्वराष्ट्रपति भण्डारीको पार्टी राजनीतिमा पुनरागमनको संकेत गर्छ ।
एमालेभित्रका केही नेताले वामपन्थी पार्टीहरूबीच एकताका लागि सहज हुने भएकाले भण्डारीलाई पार्टी अध्यक्ष बनाउनुपर्छ भनेर पनि लबिइङ गरिरहेका छन् । गत वर्ष भण्डारीले आफ्नै निवासमा केही पत्रकारहरूसँगको भेटमा पार्टीभित्र समस्या आए आफू टाढाबाट टुलुटुलु हेरेर नबस्ने बताएकी थिइन् । शीतलनिवासबाट बिदा हुँदा उनले सरकारी सेवासुविधासमेत नलिने बताएकी थिइन । सुरक्षामा नेपाली सेना खटिए पनि उनले अन्य सरकारी सेवासुविधा फिर्ता गरिसकेकी छिन् ।
उनले सरकारले दिएको गाडी २०७९ फागुन २९ मै फिर्ता गरेकी थिइन् । शीतलनिवासबाट बिदा भएपछि उनी आफ्नै निवासमा एमाले नेता तथा कार्यकर्तासँग निरन्तर संवादमा छन् । यसै विषयलाई लिएर गत साउनमा २८ मा अध्यक्ष ओलीले ‘भेट्नु ठुलो कुरा होइन तर राजनीतिमा कसैले निम्तो दिनुहुन्न’ भनेर टिप्पणी गरेका थिए । अहिले एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, गोकुल बाँस्कोटा, कर्ण थापा लगायतका नेताहरु भण्डारीको निकट सम्पर्कमा रहेका छन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपसानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार