गोप्य राख्नुपर्ने बजेटको प्रधानमन्त्रीले पहिले नै बताइदिए आकार र आन्तरिक कुरा
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार १३:५९:२२
२२ वैशाख, काठमाडौं । सामान्यतया नयाँ आर्थिक वर्षको बजेट बनाउँदा गोपनीयता अपनाउने गरिन्छ । बजेट बनाउने टीमलाई समेत बाहिरी वातावरण र जमघटमा घुलमिल हुन नदिने चलन छ । धेरै कुराले गर्दा बजेटको अन्तिम तयारी सकेर सार्वजनिक गर्नुभन्दा पहिले यसको आकार र बजेटले निर्धारण गरेका करका दर र दायरालाई गोप्य राख्नुपर्ने हुन्छ ।
तर शनिबार पार्टीको बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षका लागि तयारी अवस्थामा रहेको बजेट १८ देखि १९ खर्बभित्र आउने जानकारी दिए । माओवादी केन्द्रको संसदीय दलको बैठकमा उनले बजेट सिलिङ बनिसकेको र त्यसको तयारीका क्रममा राजश्वका दरहरू मिलाउने काम भइरहेको बताए ।
उनले बैठकमा जनतालाई आशा भरोसा जगाउने खालको बजेट बनिरहेको र राजश्व बढाउने उपायको खोजी भइरहेको जानकारी दिए । दलका सांसदहरूलाई सम्बोधन गर्दै प्रचण्डले योजना आयोगले दिएको सिलिङभन्दा बजेट बढेर आउने बताए । उनको भनाइबारे जानकारी दिँदै एक नेताले नेपालबहससँग भने,‘१८ खर्बको बजेट ल्याउने निश्चित भए पनि त्यसमा एक खर्ब थप्नुपर्ने देखियो ।’
जनतालाई आशा र भरोसा बढाउने लोकप्रिय बजेट बनाइएको भन्दै उनले बजेट निर्माण गर्दा कृषिमा आधारित उद्योगलाई प्राथमिकता दिएको बताए । उनले दलका सांसदहरूलाई नीति तथा कार्यक्रम र बजेट रचनात्मक, प्रभावकारी बनाउनका लागि सुझाव समेत मागेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कडा सुरक्षाबीच सिरोहियालाई धनुषा अदालत पुर्याइयो
जेठ ९, २०८१ बुधबार
'उज्यालो महाभारत' अभियान अन्तिम चरणमा
जेठ ९, २०८१ बुधबार
कैशाल सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन
जेठ ९, २०८१ बुधबार
क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल
जेठ ९, २०८१ बुधबार
सडक विस्तारका लागि पहाड कटान गरिँदै
जेठ ९, २०८१ बुधबार
वर्षौदेखि निरन्तर बलिरहेको ज्वाला
जेठ ९, २०८१ बुधबार