बागमतीले दिएको सार्वजनिक बिदाले उपत्यकामा अन्योल
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार १०:१४:४३
२४ वैशाख, काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश मातहतमा आज दिएको विदाले उपत्यकाभित्रका धेरै सरकारी कर्मचारीलाई अन्योल बनाएको छ । कतिपयले आफ्नो कार्यालय संघ अन्तर्गत हो कि प्रदेश अन्तर्गत हो भन्ने कुरा नबुझेर पनि विदा हो कि होइन छुट्याउन सकेका छैनन् ।
आजदेखि तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याइएको छ । यो खुसियालीमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । बिहानै बैंक खुल्ने कि नखुल्ने भन्ने अन्योलबारे हल्ला चलेको थियो । कतिपयले आज अदालत पनि विदा हुने भन्दै हिँडेका थिए ।
मालपोत र यातायात कार्यालयका कर्मचारीहरू विशेष गरेर अन्योलमा परेको देखियो । उनीहरुले मालपोत संघ अन्तर्गत र यातायात कार्यालय प्रदेश अन्तर्गत भएको थाहा नपाएर यस्तो भएको हो । अहिले यातायात कार्यालय प्रदेश अन्तर्गत छ । संघ अन्तर्गत रहेका कार्यालयले गृह मन्त्रालयले जारी गरेको विदा मात्र उपयोग गर्न पाउँछन् ।
गत बुधबार (२०८१ वैशाख १२ गते) बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको थियो । २४ वैशाखमा सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको थियो । सो निर्णय अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको वसन्तपुरबाट सरकारी कामकाजको भाषा शुभारम्भ गर्दैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार