सत्ताको दवावमा सरकारी वकिल, अखिलकी अध्यक्ष सिंहसहित ५ जनाविरुद्ध मुद्दा नचलाइने
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार १३:३३:२४
२४ वैशाख, काठमाडौं । सत्ता र शक्तिको प्रभाव र दवावले हत्या अभियोग लागेका सत्तारुढ माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ । सरकारी वकिलले उनी विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो ।
स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दवावमा सरकारी वकिलले उनीसहित पाँच जनाविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डको सचिवालयले जिल्ला सरकारी वकिलको कार्यालय, सुर्खेतमा पटक पटक मुद्दा नचलाउन दवाव सिर्जना गरेको थियो ।
दवावपछि उनीसहित ५ जनाविरुद्ध मुद्दा चलाउन पर्याप्त प्रमाण नभएको भन्दै मुद्दा नचलाउने निर्णय गरिएको हो । निर्णयअनुसार सिंहसहित गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुवास भन्ने वीरबहादुर मल्ल, अशोक भन्ने अली कार्कीविरुद्ध मुद्दा नचल्ने भएको हो ।
अनुसन्धानको क्रममा बुझिएको प्रमाणका आधारमा मुद्दा चलाउनुपर्ने आधारहरू नदेखिएकाले यो निर्णय गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । पूरक जाहेरीमा उल्लेख भएकामध्ये टाइगर भनिने पदमबहादुर रावत र नरेश सिंह भन्ने मेहरमान सिंहविरुद्ध भने मुद्दा दायर भएको छ ।
उच्च सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रुद्रप्रसाद पन्थीले पनि मुद्दा नचलाउने निर्णय सदर गरिदिन भन्दै पत्राचार भएको बताए । कालिकोटमा २६ फागुन २०६५ मा राजबहादुर मल्ल खुकुरी प्रहार गरी हत्या भएको थियो । यो प्रकरणमा १५ वर्षपछि अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरीले यसअघि जिल्ला अदालतबाट २०७९ मा पनि उनीहरुविरुद्ध पक्राउ पुर्जी लिएको थियो । १३ साउन २०७९ मा सिंहसहितका व्यक्तिहरू हत्यामा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा पुरक जाहेरी दर्ता भएको थियो । राजबहादुर मल्लको २०६५ फागुन २६ गते साँझ सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गर्दा बाटोमै आक्रमण भएको थियो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका उनको सुर्खेत वीरेन्द्रनगरको बुद्धपथस्थित देउती अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
मृतकका बुवा नन्दबहादुर मल्लका अनुसार विद्यार्थी राजनीतिमा सक्रिय रहेका राजबहादुर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सचिव थिए । स्ववियु सचिव हुँदा माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरूसँग उनको विवाद बढेको थियो । यसपछि उनको हत्या गरिएको हो । यही विषयमा दर्ता भएको मुद्दा नचलाउन प्रधानमन्त्रीकै तहबाट दवाव आएपनि सरकारी वकिलको कार्यालय पछि हटेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारसंगको सम्झौता कार्यान्वयन भएन : महन्थ ठाकुर
जेठ १३, २०८१ आइतबार
सहकारी र सिरोहिया प्रकरणलाई लिएर सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षीको विरोध
जेठ १३, २०८१ आइतबार
राप्रपा नेपालले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान संचालन गर्ने
जेठ १३, २०८१ आइतबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
पर्यटकीय गन्तव्य बन्दै ज्यामरुककोट
जेठ १४, २०८१ सोमबार
वार्म-अप खेलमा आज नेपाल र क्यानडा खेल्दै
जेठ १४, २०८१ सोमबार
नारायणगढ–मुग्लिन सडक : चार सवारी साधन एकापसमा ठोक्किदा १ जनाको मृत्यु, २२ घाइते
जेठ १४, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ १४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १४, २०८१ सोमबार
कोलकाताले जित्यो आईपीएलको उपाधि
जेठ १४, २०८१ सोमबार