ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार १७:१३:४२
२४ वैशाख, काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवको राजनीति यतिबेला धरमरमा छ । आइतबार मध्यरातमा अमेरिकाबाट कतार आइपुगेका उनी आज राती मात्र नेपाल आइपुग्ने छन् । उनले कतारबाटै मंगलबार बिहान बस्ने गरी संसदीय दलको बैठक बोलाएका छन् ।
पार्टी विभाजनको विषयमा छलफल भएपछि उनीतिर कति र राईतिर कति भन्ने कुरामा फेरी तानातान होला । उनी आफ्नो पक्षलाई बलियो बनाउन अमेरिकाबाट फर्किएपछि नै सक्रिय छन् । यो सहित गरी उनी दुई पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक चक्रब्युहमा परे । यसअघि नेकपा नेतृत्वको सरकारका प्रधानमन्त्री ओलीले दोस्रो पटक सरकार विस्तार गर्दा उनलाई उपप्रधानसहित स्वास्थ्यमन्त्री बनाएका थिए ।
त्यो बेला पनि उनी सरकारमा धेरै दिन रहन पाएनन् । कुरा नमिल्दै गएपछि स्वास्थ्यबाट कानुन मन्त्रालयमा सरुवा भएका यादवको पद धेरै दिन टिकेन । ओलीले उनलाई हटाए । ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि मुलुकको राजनीतिमा तरंग उत्पन्न भएको थियो । खासमा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई धम्क्याउन अध्यादेश ल्याएको भनिएको थियो । योसँगै उनले मधेस केन्द्रित दललाई विभाजन गरी सत्तामा ल्याएर दुई तिहाइ कायमै राख्ने रणनीति बनाएका थिए । अहिले पनि सत्ता समीकरण टिकाउनकै लागि जसपा विभाजित गराए ।
ओलीले त्यतिबेला राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी दुवै पार्टीलाई फुटाएर बहुमत पुर्याउने नीति लिएका थिए । संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट हटाएपछि ओलीले राजपालाई सरकारमा ल्याउने कसरत पनि गरेका थिए । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी खोसेर कानुनमा सुरुवा गरिएका उपप्रधानमन्त्री यादवले मन्त्रिपरिषदमा पेस गरेको संविधान संशोधन प्रस्ताव प्रधानमन्त्री ओलीले ठाडै अस्वीकार गरेपछि यादव बाहिरिएका थिए ।
संघीय सरकारमा दुई वटा मन्त्रालय दिने आश्वासन दिएर ओलीले टीकापुर काण्डमा जेल सजाय भोगिरहेका रेशम चौधरीलाई जेलबाट छुटाएर सिधै मन्त्री बनाउने प्रस्ताव पनि गरेका थिए । ओलीले राजपालाई उपसभामुख लिन पनि प्रस्ताव गरेका थिए । तर, राजपा आन्तरिक कलहमै अल्झियो । पछि यादव ओलीका विरोधीका रुपमा रहेका प्रचण्ड र माधव नेपालको पक्षमा लागेर ओलीलाई भष्मासुर भन्दै गाली दिन थाले । ओलीले हटाएपछि अर्को समूहमा लागेका यादवलाई पछिसम्मै फलिफाप भयो ।
त्यही समीकरणमा रहेर देउवा नेतृत्वको सरकार हुँदै उनी गठबन्धनबाटै चुनावमा गए । चुनाव सकिएर आएपछि प्रचण्डसँगै कांग्रेस छाडेर ओलीतिर गएका थिए । दुई महिना नपुग्दै प्रचण्ड कांग्रेसतिरै फर्किएपछि उनी पनि यतै आएका थिए । एक वर्षपछि प्रचण्ड ओलीतिर फर्किँदा यादव पनि उतै गए । तर, यो पटक पनि उनलाई फापेन । ओलीले पार्टी नै फुटाई दिए । ओलीको उद्देश्य जसपा मात्र फुटाउनु थिएन । माधव नेपालको पार्टीलाई डिलमै पुर्याउन भने ओली हाललाई असफल भए ।
सत्तातिरको जस्तै पार्टीतिर पनि यादवले एकता बनाउन सकेनन् । संघीयता मागेर मधेशमा आन्दोलन सुरु हुँदा उपेन्द्र यादव एउटा गैरसरकारी संस्थाको सञ्चालकका रुपमा थिए । पछि यही मधेशी जनअधिकार फोरमलाई राजनीतिक दलका रुपमा अगाडि ल्याए । मधेशमा आन्दोलन चर्कन थालेपछि पहाडियालाई लखेट्दै मधेशीहरु एक हुनुपर्छ भन्ने लहड चलाइएको थियो । कांग्रेस एमालेमा माथिल्लो तहमै पुगेका नेताहरु पार्टी छोडेर धमाधम फोरममा सहभागी हुन थाले । पहिलो चुनावमा फोरमले राम्रै सीट जितेको थियो । पछि विजय गच्छेदारसँग उनको कुरा मिल्न छाड्यो र फोरम विभाजित भयो ।
गच्छदार पछि महन्थ ठाकुर समूहले पनि उनलाई छाडेर अर्कै पार्टी बनाए । पछि आएका बाबुराम भट्टराई पनि धेरै टिक्न सकेनन् र उनीबाट बाहिरिए । यादवको पार्टी मधेसी जनअधिकार फोरम नेपाल हुँदा नै तेस्रो पटक विभाजित भएको थियाे । फोरमका १३ सभासदले अलग भएर मधेसी जनअधिकार फोरम गणतान्त्रिक दल संसद सचिवालयमा दर्ता गराएका थिए । यसअघि २०६६ जेठमा विजयकुमार गच्छदार समूह अलग्गिएर फोरम लोकतान्त्रिक गठन गरेको थियो ।
पछिल्लो पटक पार्टी एकीकरण गरेको तीन वर्षपछि उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अलग भएका हुन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच २६ वैशाख २०६६ मा एकता भएर समाजवादी पार्टी बनेको थियो । यसरी पटक पटकको विभाजन सहँदै आएका यादव पछिल्लो पटक ओलीबाट शिकार भएका छन् । अहिले उनको पक्षमा ४ सांसद छन् । मधेश प्रदेशमा पनि उनलाई एक्ल्याउने काम सुरु भइसकेको छ । सधैं सत्तालाई प्राथमिकता दिँदै आएको यसपछि कुनै दलको शरणमा जान्छन् कि फुटेर बाँकी भएकाहरूलाई एक बनाउनतिर लाग्छन् भोलिका दिनमा नै देखिनेछ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपभारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा डोजर चालकको मृत्यु
जेठ १३, २०८१ आइतबार
चार सवारी साधन एकापसमा ठोक्किदा १ जनाको मृत्यु, २२ घाइते
जेठ १४, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ १४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १४, २०८१ सोमबार
कोलकाताले जित्यो आईपीएलको उपाधि
जेठ १४, २०८१ सोमबार
सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध
जेठ १३, २०८१ आइतबार
अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
जेठ १३, २०८१ आइतबार