दुई एसपी सरुवा : इलाममा महिला कर्मचारी काण्ड, सिराहामा तस्करी रोक्दा कारवाही
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार १२:५८:३३
२५ वैशाख, काठमाडौं । प्रहरी प्रधान कार्यालयले सिराहा र इलामका प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख रहेका एसपी वासुदेव खतिवडालाई प्रहरी मुख्यालय बोलाइएको छ भने उनको स्थानमा प्रभु ढकाल पठाउने भनिए पनि उनी बढुवाको लाइनमा रहेकाले जान मानेका छैनन् । ।
यस्तै, सिरहामा पनि ३ महिनाअघि सरुवा भएका एसपी सन्तोष आचार्यको स्थानमा एसपी रमेश पण्डितको काज सरुवा गरिएको छ । चैत २३ गते सर्लाहीबाट दयानिधि ज्ञवाली, धनुषाबाट मित्रबन्धु शर्मा र महोत्तरीबाट श्यामकुमार राईलाई तानिएको थियो । मधेश प्रदेशका ८ जिल्लाहरू एसपीका लागि ‘आकर्षक’ मानिन्छन् ।
अनियमितता र आचरण सम्बन्धी प्रश्न उठेपछि उनीहरूलाई जिम्मेवारीबाट हटाइएको प्रहरी प्रधान कार्यालयको स्पष्टोक्ति हुने गरेको छ । एसपीसम्मको सरुवा आईजीपीले गर्छन् । सामान्यतया कार्यालय प्रमुखलाई एक वर्षभन्दा कम अवधिमा हटाउने नपाउने र हटाउनु परे कारण दिइनुपर्ने नियमावलीको व्यवस्था छ ।
गृहमन्त्री रवि लामिछानेले प्रहरीको सरुवामा हस्तक्षेप नगर्ने तर अनियमिततामा मुछिने विरुद्ध कडा कारबाही गर्ने बताइरहेका छन् । तर उनले आफ्नो सार्वजनिक भनाईको ठीक विपरीत प्रहरीका सरुवा र बढुवामा ठाडो हस्तषेप गर्न थालेका छन् । यसअघि प्रहरी मुख्यालयले सिन्धुलीको एसपीमा कर्मचारी प्रशासन शाखामा बसेर तर मारिरहेका अर्जुन तिमिल्सेनाको काज सरुवा गरेको थियो ।
आईजीपी बसन्त कुँवर फ्रान्समा भएको बेला कप्रमा रहेका एसपी तिमिल्सिनाको इच्छा विपरीत काज सरुवा गरिए पनि उनले अटेरी गर्दै रमाना बुझ्न ढिलाई गरेका थिए । यही ढिलाईका बीच आईजीपी नेपाल फर्केपछि उनको काज रद्द गर्दै एसपी गोविन्दराज काफ्लेको काज सरुवा गरेको छ । त्यहाँ कार्यरत एसपी विनोद शर्मालाई दुई महिनाकै बीचमा प्रहरी प्रधान कार्यालयमा तानिएको थियो । बिना कारण तानिएका एसपी शर्मालाई माओवादीले भने अनुसार काम नगरेको आरोप लगाउँदै सिन्धुलीका सिडिओ भरत खनाल मार्फत गृहमा दवाव बढाएर सरुवा गरिएको थियो ।
तर इलाम र सिराहको घटना भने फरक रहेका छन् । इलाममा केही दिन अघि एक जलविद्युत कम्पनीमा कार्यरत महिला कर्मचारीसँग अलि बढी नै लहसिएपछि र सो तरुनी काण्ड सार्वजनिक भएपछि साे घटनालाई लिएर आईजीपीलाई ठाडो उजुरी परेपछि एसपी खतिवडा तानिएका हुन् । ‘इलामकै एक हाइड्रो पावर कम्पनीमा कार्यरत महिला कर्मचारीसँग अलि बढी नै लहसिएपछि साे घटनाक्रमले प्रदेश प्रहरी प्रमुखलाई समेत अप्ठेरो पर्ने भएपछि एसपी खतिवडालाई प्रहरी प्रधान कार्यालय तानिएको हो । उनका यस्ता धेरै घटनाहरू जोडिएका छन्’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने । ती अधिकारीका अनुसार एसपी खतिवडा दिउँसै मदिरापान गरेर इलाम बजारमा घुम्ने र प्रहरी कर्मचारीलाई हप्काउने तथा व्यापारीहरूलाई पनि धम्क्याउने गरेको गुनासो पनि प्रहरी प्रधान कार्यालयमा आएको थियो ।
त्यसैगरी सिराहाको भने अवस्था अलि फरक रहेको छ । सिराहाका एसपीलाई भने त्यहाँका तस्करहरूले सरुवा गर्न सफल भएको स्रोतको दावी छ । तस्करको एक समूहले गृहमन्त्री रवि लामिछानेको सचिवालयमा रहेका पीए दीपक बोहोरालाई भेटेपछि एसपी सन्तोष आचार्यको सरुवा भएको स्रोतकाे दावी छ । नेपाल र भारत सीमा खुला रहेको हुँदा तस्करहरू सक्रिय भएको सूचना पाउने बितिकै एसपी आचार्यले कडा निगरानी बढाएका थिए । उनी गएको तीन महिना पनि नपुगेको अवस्थामा इलाका प्रहरी प्रमुख , प्रहरी चौकीका प्रमुख र सीमा प्रहरी चौकीका प्रमुखहरूलाई तस्कर विरुद्ध खरो उत्रिन समेत निर्देशन दिएका थिए ।
एसपी आचार्यले तस्कर विरुद्ध कठोर बन्न निर्देश दिएपछि नेपाल प्रहरीले सीमा नाकादेखि शहरसम्म तस्करमाथि निगरानी बढाएका थिए । पछिल्लो समय दैनिक जसो तस्कर र तस्करीका सामान पक्राउ पर्दै आएका थिए । पछिल्लाे समय सिरहामा करीब १७ लाख ९० हजार मूल्य बराबरको भन्सार छलीका सर्जिकल सामानहरुसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । लहान नगरपालिका ४ स्थित भित्री सडक खण्डमा भारतबाट नेपालतर्फ भन्सार छली स्कुटरमा ल्याइँदै गरेको २ बोरा सर्जिकल सामान र प्र.२–०१–००२ प.८६०२ नम्बरको स्कुटी सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
एसपीले तस्करहरूलाई केही समयदेखि निगरानीमा राखेकै कारण त्यहाँका तस्करहरूको समूहले नै गृहमन्त्रीका स्वकीय सचिव समेत रहेका बोहोरालाई भेटेर उल्टै एसपीले तस्करी बढाएको पोल सुनाएका थिए । जसले गर्दा उनको सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । तर प्रहरी प्रधान कार्यालयले भने स्थानीय बिचौलिया नरेश साहसँग मिलेर गैरव्यवसायिक गतिविधिमा लागेको आरोपमा सिराहाका एसपी आचार्यमाथि छानबिन गर्नु परेकाले सरुवा गरेको जनाएको छ । उनले पक्राउ गरेको सामान पनि नरेश साहसँगको मिलेमतोमा गरेको उजुरी परेको प्रधान कार्यालय स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूखुसी गैर हाजिर भएका १९ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह
जेठ ११, २०८१ शुक्रबार
नेत्रज्योति संघद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ हस्तान्तरण
जेठ ९, २०८१ बुधबार
सिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
बेनी बजारको घना बस्ती
जेठ १६, २०८१ बुधबार
अग्ला हिमालको सुरक्षा चुनौति बनिरहेको छः प्रधानमन्त्री
जेठ १६, २०८१ बुधबार
‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ’
जेठ १६, २०८१ बुधबार
भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी हुँदै
जेठ १६, २०८१ बुधबार
७१ औँ अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा प्रभातफेरी [ फोटोफिचर ]
जेठ १६, २०८१ बुधबार
न्यायाधीश सुवेदी र शर्माको इजलासमा पर्यो कोशी सरकारविरुद्धको रिट
जेठ १६, २०८१ बुधबार