हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज, रफाहमा आक्रमण सुरु
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार ११:५७:३८
२५ वैशाख, काठमाडौं । इजरायली सेनाले रफाहमा आक्रमण सुरु गरेको घोषणा गरेको छ । इजरायली सेनाले रफाहमा हमासविरुद्ध लक्षित आक्रमण गरिरहेको बताएको छ ।
रफाहमा बसोबास गर्ने ठूलो संख्यामा शरणार्थीहरूलाई आक्रमण भइरहेको क्षेत्र छोडेर अन्य राहत शिविरहरूमा जान भनिएको छ । इजरायलले खान युनिस नजिकै रहेको शिविरबाट एक लाख मानिसलाई बाहिर निकाल्न आदेश दिएको छ ।
एकातिर रफाहमाथि हमला भइरहेको छ भने अर्कोतर्फ इजरायलले हमासको युद्धविराम सम्झौतालाई स्वीकार गर्न अस्वीकार गर्दै सम्झौताबारे थप वार्ताका लागि कायरोमा प्रतिनिधिमण्डल पठाउने तयारी गरिरहेको बताएको छ ।
इजरायलले हमासले गरेको सम्झौता इजरायलको मागभन्दा धेरै टाढा रहेको बताएको छ । अर्कोतर्फ हमासले स्वीकार गर्ने प्रस्ताव इजिप्ट र कतारले मध्यस्थता गरेको थियो । यद्यपि यस युद्धविराम प्रस्तावका सर्त र शर्तहरूबारे कुनै जानकारी आएको छैन । यो सम्झौतामा इजरायली बन्दीहरुको रिहाइको बदलामा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरुलाई रिहा गर्ने प्रस्ताव आउने सम्भावना रहेको विश्वास गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार