गाजामा बढ्दो तनावबीच रफाह आक्रमण विरुद्ध राष्ट्रसङ्घीय प्रमुखको चेतावनी
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार १४:१४:२३
२५ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार कडा चेतावनी जारी गर्दै रफाहको भूमि आक्रमण ‘असहनीय’ हुने बताए । उgले यसको विनाशकारी मानवीय परिणाम तथा यस क्षेत्रमा सम्भावित अस्थिर प्रभाव हुने बताएको सिएनएनले बताएको छ ।
“रफाहमा स्थलगत आक्रमणले विनाशकारी मानवीय परिणाम र यसको अस्थिर प्रभाव असहनीय हुनेछ”, उनले भने, “मैले इजराइली सरकार र हमासको नेतृत्वलाई युद्धविराम सम्झौतामा पुग्नका लागि अतिरिक्त प्रयास गर्न कडा अपिल गरेको छु, यो यस्तो अवसर हो जसलाई छाड्न सकिँदैन ।”
प्यालेस्टिनी सिभिल डिफेन्सका अनुसार मंगलबार बिहान रफाहमा धेरैवटा हवाई आक्रमणका कारण तनाव बढ्दा मानसिहरू हताहतमा परेका छन् भने कयौँ घाइते भएका छन् ।
“सिभिल डिफेन्स टोलीहरूले दक्षिणी गाजा पट्टीको रफाह प्रान्तका विभिन्न स्थानमा सोमबार राति इजराइली लडाकु विमानहरूले बम प्रहार गरेका धेरै घरहरूको भग्नावशेषमुनिबाट धेरै सहिद र घाइतेलाई निकाल्न सफल भएका छन्”, प्यालेस्टिनी डिफेन्सको विज्ञप्तिमा भनिएको छ ।
सिभिल डिफेन्सले जारी गरेको तस्बिरहरूले बमबारी भएका घरहरूको भग्नावशेषमुनि हताहत भएका धेरैलाई फेला पारेको विज्ञप्तिमा उल्लेख छ । मंगलबार बिहान जारी एक फेसबुक पोस्टका अनुसार रफाहको कुवेत अस्पतालमा ११ जनाको मृत्यु भएको बताइएको छ ।
बढ्दो हवाई आक्रमणका बीच इजराइली प्रधानमन्त्रीको कार्यालयले सोमबार ‘हमासमाथि सैन्य दबाब दिन’ रफाहमा सैन्य कारबाही जारी राख्ने पुष्टि गरेको छ । इजराइली रक्षा बल ९आइडीएफ० ले पूर्वी रफाहमा हमासका आतङ्कवादी लक्ष्यहरू विरुद्ध जारी लक्षित आक्रमणहरू गरेको बताएको छ । सिभिल डिफेन्सका अनुसार आइतबारदेखि सोमबारसम्म रातभर भएको घातक बमबारीपछि कम्तीमा २६ जनाको ज्यान गएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार