खडेरीले मुहान सुकेपछि खानेपानीको वैकल्पिक तयारी
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार १५:४९:२६
२५ वैशाख, बागलुङ । बागलुङमा खडेरीले जतासुकै मूल सुकेका छन् । खानेपानीको आपूर्तिमा समस्या देखिएपछि बागलुङ नगर खानेपानी उपभोक्ता संस्था पनि प्रभावित बनेको छ । उन्नाइस किलोमिटर टाढाको रेशखोलाबाट ल्याइएको पानीको मात्रा घटेको छ । त्यस्तै भुँदीखोलाबाट ल्याएको पानीको मात्रा पनि घटेको छ । मात्रा घटेपछि बजारबासीलाई पानीको अभाव भएको छ ।
विकल्पको रुपमा निर्माण भइरहेको कैलामपोखरी लिफ्ट आयोजनाले अझै पूर्णता पाउन सकेको छैन । पानी सुक्दै गएकाले वितरणमा समस्या आएपछि संस्थाले आन्तरिक गृहकार्य गरेर वैकल्पिक उपाय खोजेको छ । उक्त विकल्पअनुसार बजारमा पानी वितरणका लागि संस्थाले कैलामपोखरीबाट चार इन्चको पाइपमा रात्माटाको ट्याङ्कीमा पानी खसाल्ने काम भइरहेको छ । यो पानी आजदेखि उपभोक्तालाई वितरण गरिने संस्थाका अध्यक्ष केवी रानमगरले बताए ।
पानी अभाव हुन थालेपछि समस्या भएको छ । तित्याङको रिठेखोलाबाट आएको पानीसमेत सुकेपछि वितरणमा सास्ती भएको भन्दै समितिले विकल्पको रुपमा पाइप विच्छ््याएर रात्माटा पु¥याएको छ । आजदेखि पानी वितरणमा केही सहज हुने अध्यक्ष रानमगरको भनाइ छ । पानी अभाव भएपछि बजारबासी गलुवाखोला, सहश्रधारा लगायतका स्थानमा पुगेर खानेपानी ल्याउन थालेका छन् ।
बागलुङ बजारमा पानी सहजरुपमा वितरण गर्न सकिएको छैन । ठेकेदार कम्पनीले योजना हस्तान्तरण गर्न सकेको छैन । “हाल अस्थायी रुपमा पानी खुवाउन प्रयास गरिएको हो”, उनले भने । काठेखोलाबाट पानी सङ्कलन गरी हाल निर्माण भएका ट्याङ्कीबाट बजारमा वितरण गर्ने योजना छ ।
वि.सं २०३२ मा पहिलो पटक बागलुङमा तित्याङको रिठेखोलाबाट खानेपानी ल्याइएको थियो । सो आयोजनाअन्तर्गत १३ सार्वजनिक धारा बनेका थिए । तत्कालीन राजा वीरेन्द्र शाहले उक्त आयोजनाको उद्घाटन गरेका थिए । बागलुङ बजारमा अहिले चार हजार बढी धारा निर्माण गरिएका छन् । तर अधिकांश धारामा खडेरीको समयमा पानी आउँदैन । उपभोक्ता समितिको ३० प्रतिशत र सङ्घीय सरकारको ७० प्रतिशत लगानीमा २०७३ सालमा थालिएको आयोजना अझै हस्तान्तरण भएको छैन ।
पाइपमा समस्या आएपछि लिफ्टमार्फत पानी आपूर्ति हुन सकेको थिएन । “पाइपमा समस्या आएपछि खानेपानी वितरण गर्न ढिला भएको हो”, संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले भने । गत वर्षातमा फाइप फुटेर थप समस्या भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै
जेठ ५, २०८१ शनिबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
बागलुङको नर्जाखानीमा प्रसारण लाइन नपुग्दा गाउँ अन्धकारमा
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार