वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार १९:३८:५६
२६ वैशाख, वीरगञ्ज (पर्सा) । वीरगञ्ज आसपासका क्षेत्रमा चर्को गर्मी बढेसँगै महानगरभित्रका शिक्षण संस्थाले बिहानी कक्षा सञ्चालन गर्दै आइरहेका छन् । गर्मीले दिनको समयमा पठनपाठनमा समस्या भएसँगै वीरगञ्ज महानगरभित्रका विद्यालयले बिहानको समयमा अध्ययन अध्यापन गराउन पाउँदा विद्यार्थी तथा शिक्षक दुवैले राहतको महसुस गरेका छन् ।
बालविकास देखि कक्षा ३ सम्मका विद्यार्थीलाई बिहानको समयमा विद्यालयमा आउने बानी पार्न केही समस्या भए पनि अन्य तहका विद्यार्थीहरूको भने उत्साहजनक उपस्थिति हुँदै आइरहेको सामुदायिक विद्यालयका प्रधानाध्यापकले जनाएका छन् ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय, बलिरामपुरका प्रधानाध्यापक (प्रअ) चन्देश चौहानले दिउँसोको समयमा चर्को गर्मी भएसँगै बिहानी कक्षा सञ्चालन गर्दै आइरहेको बताए । “उखरमाउलो गर्मीले दिनको समयमा विद्यार्थीलाई पठनपाठन गराउन निकै समस्या भएको थियो”, उनले भने, “बिहानको समयमा कक्षा सुरु गरेसँगै अहिले पठनपाठन कार्य अघि बढ्दै आइरहेको छ ।” प्रअ चौहानले गर्मी यामका कारण सानो कक्षामा अध्ययन गरिरहेका छात्रछात्रालाई सबेरै विद्यालय आउन केही दिन समस्या भए पनि विस्तारै सुधार हुँदै आइरहेको बताए । नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा तीन सय ५० भन्दा धेरै विद्यार्थी अध्ययन गर्छन् ।
“केही समयअघिसम्म तराई–मधेसको मौसम स-साना बालबालिकाको लागि सुहाउँदो खालको थिएन । चर्को गर्मीले पठनपाठनमा पनि धेरै अप्ठ्यारो परिस्थिति सिर्जना गरेको थियो”, उनले भने, मङ्गलबार र बुधबार दिउँसोको समयमा वीरगञ्ज आसपासका क्षेत्रमा वर्षात् भएर तापक्रम केही घटेको छ । तर यो अवस्था सधैँ रहँदैन । त्यसैले पनि बिहानीको सत्रमा अध्ययन गराउँदा सहज भइरहेको छ ।”
विद्यालयले अघिल्ला वर्षमा पनि बिहानी सत्रमा अध्ययन अध्यापन गर्ने गरेको थियो । नेपाल रेल्वे मावि वीरगन्जका प्रधानाध्यापक प्रभु प्रसाद रौनियार बिहानी समयमा सञ्चालित कक्षाले विद्यार्थीलाई अध्ययन गर्न सहज भएको बताउँछन् । “हाम्रो विद्यालयमा कक्षा १२ को परीक्षा केन्द्र भएकाले पनि नियमित रुपमा बिहानी कक्षा सञ्चालन गर्न सकिरहेका छैनौँ”, उनले भने, “कक्षा १२ को परीक्षा आजदेखि सकियो । अब भोलादेखि नियमित रुपमा बिहानको कक्षा सञ्चालन गर्नेछौँ ।”
प्रअ रौनियारले चर्को गर्मी र हावाहुरीका कारणले पनि बिहानको समयमा कक्षा सञ्चालन गर्दा सहज भएको बताए । “चर्को गर्मीकै बिहान १० देखि ४ बजेसम्म कक्षा सञ्चालन गर्न निकै समस्या हुन्थ्यो । यो क्षेत्रमा कम्तीमा ४० डिग्री तापक्रम पुगिसकेको छ”, उनले भने, “विद्यालयले बिहान ६ बजेदेखि ११ः३० बजेसम्म बिहानी कक्षा सञ्चालन गर्दै आइरहेको छ । जसमा विद्यार्थीको उपस्थिति पनि राम्रो छ ।”
वीरगञ्ज महानगरपालिका नगर शिक्षा समितिको २०८१ वैशाख १७ गतेको निर्णयअनुसार प्रतिकूल मौसम (अत्यधिक गर्मी) का कारणले दिउँसोको समयमा पठनपाठन कार्य असहज भएको भन्दै बिहान ६ बजेदेखि गर्ने निर्णय गरेको थियो । सो निर्णय गत वैशाख २० गतेदेखि कार्यान्वयनमा आएको छ ।
महानगरले बिहानका समयमा शिक्षण सिकाइको समयलाई पनि कमी नहुने गरी कक्षा चलाउन अनुरोध गर्दै आएको छ । महानगरभित्र सामुदायिक तर्फ ९२ वटा र निजी तर्फ एक सय ३८ विद्यालय छन् । सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत र ५५ वटा प्राथमिक विद्यालय छन् । एउटा पूर्वप्राथमिक विद्यालय पनि छ । गत शैक्षिक सत्रमा यी विद्यालयमा बालविकास देखि कक्षा १२ सम्म एक लाखभन्दा धेरै विद्यार्थी भर्ना भएका थिए । गत शैक्षिक सत्रमा ४६ हजार विद्यार्थी सामुदायिक तर्फ र ५४ हजार विद्यार्थी संस्थागत विद्यालयमा भर्ना भएका थिए । यो वर्ष गत आव भन्दा १० प्रतिशत बढी विद्यार्थी भर्ना हुने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया रोग होइन, अवस्था हो’
जेठ ४, २०८१ शुक्रबार
बहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार