अमेरिकाले रोक्यो इजरायलमा पठाउने शक्तिशाली बमको खेप
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार ९:५५:३८
२७ वैशाख, काठमाडौँ । अमेरिकाले इजरायलमा पठाइने शक्तिशाली बमको ठूलो खेप रोकेको छ । इजरायलले यी बमहरू राफाहमा सञ्चालन भइरहेको सैन्य कारबाहीमा प्रयोग गरेको हुन सक्ने बताउदै बमसहित हतियार रोकेको हो ।
बीबीसीका अनुसार अमेरिकामा विद्यार्थी आन्दोलन निरन्तर बढ्दै गएकाले यस्तो निर्णय गरिएको हो ।
अमेरिकाले अप्रिलको सुरुदेखि नै इजरायलले रफाहमा आक्रमण गर्न प्रयोग गर्न सक्ने हतियारको समीक्षा गरिरहेको थियो । पछिल्लो ८ महिनामा अमेरिकाले इजरायललाई हतियार पठाउन रोकेको यो पहिलो पटक हो ।
इजरायलले रफाहमा सैन्य कारबाही सुरु गरेको बेला यो जानकारी बाहिर आएको हो । अप्रिल ७ मा, इजरायली सेना ट्याङ्कहरू सहित दक्षिणी गाजाको रफाह क्षेत्रमा प्रवेश गरेको थियो । यसले इजिप्टसँगको गाजाको सिमाना कब्जा गरेको छ । तर, इजरायली सेनाले रफाहबाट १ लाखभन्दा बढी मानिसलाई बाहिर निकाल्ने पनि बताएको छ ।
अमेरिकाले बम ढुवानी रोक्ने सम्बन्धमा इजरायलले भने सहयोगीहरूले पर्दा पछाडिको कुनै पनि असहमतिलाई समाधान गर्ने बताएको छ । इजरायलले अमेरिका सुरुदेखि नै आफ्नो सहयोगी भएको बताउदै इजरायलको सुरक्षा हितको रक्षा गर्न प्रतिबद्ध रहेको बताएको छ ।
तर, अमेरिकाको विरोधका बाबजुद इजरायलले रफाहमा सैन्य कारबाही गरिरहेको छ । अमेरिकी अधिकारीहरूले इजरायललाई यो सहरमा शरणार्थीहरूको संख्या उच्च रहेको भन्दै चेतावनी दिएका छन् । जसका कारण सैनिक कारवाही सुरु भएमा यहाँ ठूलो संख्यामा मानवीय क्षति हुनसक्छ । इजरायलले हमासलाई पूर्ण रूपमा ध्वस्त गरेपछि मात्र आराम गर्ने बताएको छ।
अमेरिकाले सुरुदेखि नै रफाहमा इजरायलको सैन्य कारबाहीको विरोध गर्दै आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई सहयोग गरेकोमा विरोधको सामना गरिरहेका छन् । अमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टाइनको समर्थनमा लगातार प्रदर्शनहरू भइरहेका छन्।
धेरै अमेरिकी सांसदहरूले पनि इजरायललाई पठाइएको सहायतामाथि प्रश्न उठाएका छन्। यस्तो अवस्थामा अमेरिकाले पहिलो पटक यस कारणले इजरायलमा पठाइने हतियारको खेपमा रोक लगाएको छ । यद्यपि पेन्टागन र अमेरिकी सरकारी अधिकारीहरूले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।
रफाहमा इजरायलले सैन्य कारबाही सुरु गर्नुअघि पश्चिमा राष्ट्र र राष्ट्रसंघले इजरायललाई चेतावनी दिएका थिए। उनले शहरमा ठूलो मात्रामा आक्रमण गर्दा मानवीय विपत्ति निम्त्याउन सक्ने बताए ।
यस अघि विभिन्न मध्यस्थकर्ताले तयार गरेको युद्धविराम प्रस्तावमा हमासले सहमति गरेपनि इजरायलले भने त्यसलाई अस्वीकार गर्दै पुन: आक्रमण शुरु गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी हतियार प्रयोग गरेर रुसभित्र आक्रमण गर्न राष्ट्रपति बाइडेनको अनुमति
जेठ १८, २०८१ शुक्रबार
युद्धग्रस्त सुडानमा बाल कुपोषणमा उल्लेखनीय गिरावट
जेठ १८, २०८१ शुक्रबार
चुनावको प्रचार सकेर मोदी ४५ घण्टे ध्यानमा
जेठ १८, २०८१ शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार