गोरखा बजार क्षेत्रमा खानेपानीको चरम अभाव
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार १५:६:४५
२७ वैशाख, गोरखा । गोरखा नगरपालिका–८ प्रतीक्षालयका सन्दीप ढकाल आजभोलि रातको तीन बज्न नपाउँदै खानेपानीका लागि एउटा जार र बोतल लिएर धारामा पुग्छन् । बिहान अलि ढिलो पुगे एक जार पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने वाध्यता रहेकाले उनी सकभर राती नै खानेपानी ल्याउनुका लागि धारा पुग्ने गरेको हो ।
‘‘रातको समयमा पुगेपनि कहिले त डेढ दुई घण्टा नै पालो नपर्खेसम्म पानी भर्न पाइँदैन, ढकालले भने, ‘‘कहिले त फर्कँदा उज्यालो नै हुन्छ ।’’ सुख्यायाम लागेसँगै खानेपानीको मुहान सुक्दै जाने र बजार क्षेत्रमा वितरण गरिएका लाइनको पानी समेत नियमित नआउँदा केही महिनादेखि गोरखा बजार क्षेत्रमा खानेपानीको चरम अभाव हुन थालेको हो ।
‘‘घरमा धारा छ, तर पानी कहिले आउँछ भन्ने कुनै टुङ्गो हुँदैन, गोरखा नगरपालिका–६ की स्थानीय गोमा श्रेष्ठले भनिन्,‘‘पानी आइहाल्यो भने पनि पिउन डराउनुपर्ने भएपछि बरु नजिकैको सार्वजनिक धारामा पुगेर खानेपानी ल्याउने गरेको छु, त्यहाँ पानीको पालो कुर्दाकुर्दै हैरान हुनुपर्छ ।’’
सार्वजनिक धारामा समेत यतिबेला मूल सुकेर पानी सानो भएकाले एक गाग्री पानीका लागि धेरै समय कुर्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । गोरखाबजार क्षेत्रमा खानेपानीको समस्याले दुःख नपाउने सायदै कमै होलान् । खानेपानीको चरम अभाव भएपछि गएको बिहीबार रानीवन क्षेत्रका स्थानीय त रित्तो गाग्री लिएर पानी माग्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै पनि पुगे ।
बजार क्षेत्रमा खानेपानी वितरण गर्दै आएको दरौँदी लिफ्टिङ खानेपानी आयोजनाले धारामा पानी नदिएको भन्दै बिरोध स्वरुप प्रसासनमा पुगेर प्रमुख जिल्ला अधिकारी भोला दाहालको ध्यानाकर्षण गराएका छन् । दरौँदी लिफ्टिङ खानेपानी आयोजनाको चरम लापरबाहीका कारण उपभोक्ताले खानेपानीमा दुःख भोग्नु परेको उनीहरुको भनाई छ ।
दरौँदी लिफ्टिङ खानेपानी आयोजना निर्माण भएपछि बजार क्षेत्रमा खानेपानीको समस्या अन्त्य हुन्छ भनेर दावी नगरिएको पनि होइन । करिब ४४ करोड भन्दाबढीको लागतमा आयोजना बनेपनि सदरमुकामवासीलाई पानीको अभाव अहिलेपनि उस्तै छ । बजार क्षेत्र वरपर नै खोलखोले, चाइनिज धारा, बोसेपानी धारा, रङ्गशाला लगायतका स्थानमा झण्डै आधा दर्जन भन्दाबढी मूलको पानी आउने सार्वजनिक धारा पनि छन् ।
ती सबै धारामा विहानदेखि राती अबेरसम्म पानी भर्नेको घुइँचो हुने गरेको छ । दिनमा मात्र होइन, रातको समयमा पनि सदरमुकामवासी खानेपानीका लागि घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यताले हैरान छन् । सदरमुकाम क्षेत्रमा खानेपानी वितरण गर्दै आएका आयोजनाले नियमित पानी उपलब्ध नगराउने र सार्वजनिक स्थानमा रहेका धारामा समेत पानीको मुहान सुक्न थालेपछि उपभोक्ता समस्यामा पर्न थालेको अर्का स्थानीय रामकृष्ण खत्रीले बताए ।
‘‘घरमा पानीको धारा आउन पनि मुस्किल छ, उहाँले भन्नुभयो, ‘‘सानो धारा, धेरैजना पानी भर्नका लागि पुग्ने गरेकाले समय लाग्ने गरेको हो ।’’ । परम्परागत सार्वजनिक धाराका पानी समेत व्यवस्थित गर्न नसक्दा समस्या भएको स्थानीयबासी बताउँछन् ।
सदरमुकाममा दरौँदी लिफ्टिङ, पृथ्वीनारायण साना शहरी खानेपानी आयोजना, थाकल डाँडा, पोखरीथोकलगायत गरी विभिन्न छ वटाभन्दा बढी आयोजनाले बजार क्षेत्रमा उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । धारामा नियमित पानी नआउँदा उपभोक्ताले समस्या भोग्नु परेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक महिनादेखि खानेपानीको अभाव : होटल व्यवसायी मर्कामा
जेठ १७, २०८१ बिहिबार
नदीमा जलसतह बढेपछि विद्युत् भारततर्फ निर्यात सुरु
जेठ १७, २०८१ बिहिबार
मर्मतपछि इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
बर्दियामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
सुशासन कायम गर्न भ्रष्टाचार अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल
जेठ १८, २०८१ शुक्रबार
झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान
जेठ १८, २०८१ शुक्रबार
अभिलेख संरक्षण पहिलो संशोधन विधेयक अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट पारित
जेठ १८, २०८१ शुक्रबार
किम्फमा महिला चलचित्रकर्मीबारे छलफल, कसले के भने ?
जेठ १८, २०८१ शुक्रबार
जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारी थप सिर्जनशील हुनुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
जेठ १८, २०८१ शुक्रबार