१ महिनामा डढेलोले रामेछापको ४ हजार ५ सय हेक्टर वन सखाप
नेपालबहस संवाददाता
बैशाख २८, २०८१ शुक्रबार ७:७:४७
२८ वैशाख, मन्थली (रामेछाप) । एक महिनामा जिल्लाका आठ वटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ । सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका वन अधिकृत ओम सागर भण्डारीका अनुसार अहिलेसम्म भएका आगलागीबाट एक सय ५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको छ । धेरै वन क्षेत्रमा आगो लाग्दा वन्यजन्तु पनि प्रभावित भएका छन् । यो वर्ष डढेलोमा परी जिल्लाका दुईजनाले ज्यान गुमाइसकेका छन् ।
यसैबीच, स्थानीय प्रशासनले वनमा आगो नलगाउन तथा त्यसबाट हुने क्षतिबारे सर्वसाधारणलाई अवगत गराएको छ । वनमा आगो लगाएमा फौजदारी अभियोग अन्तर्गत कारबाही हुने भएकाले वन र वन्यजन्तु संरक्षणतर्फ सचेत हुन आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज दिउँसो देशभर आंशिक बदली हुने
जेठ २०, २०८१ आइतबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो
जेठ २०, २०८१ आइतबार
कारोबारको पहिलो दिन नेप्से आज दोहोरो अङ्कले बढ्यो
जेठ २०, २०८१ आइतबार
एक अर्ब ५१ करोड ठगी गरेको आरोपमा पक्राउ परेका सीबी लामा सार्वजनिक
जेठ २०, २०८१ आइतबार
यातायात कार्यालय गौर दलालको लागि आकर्षणको केन्द्र, दुई जना पक्राउ
जेठ २०, २०८१ आइतबार
कुवेतका अमिरद्वारा नयाँ युवराज घोषणा
जेठ २०, २०८१ आइतबार
तस्बिर प्रदर्शनीले राजनीतिक दलका नेतालाई सचेत गराएको छ : नेता केसी
जेठ २०, २०८१ आइतबार