कोशी र गण्डकी सरकार गठनविरुद्ध दायर छुट्टाछुट्टै रिटमाथि आज सुनुवाइ
नेपालबहस संवाददाता
बैशाख २८, २०८१ शुक्रबार ९:४६:४७
२८ वैशाख, काठमाडौं । कोशी र गण्डकी प्रदेश सरकार गठन विरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार (हिजो) रिट दायर गरेका थियो भने गण्डकीको सुनुवाइ सर्वोच्चका पूर्व न्यायाधीशको निधनका कारण स्थगित भएको थियो ।
नेकपा एमाले कोसी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएपछि त्यसविरुद्ध रिट दायर गरिएको हो । सरकार गठनका निम्ति दाबी पेस गर्न प्रदेश प्रमुखले गरेको आव्हानलाई अन्तरिम आदेशमार्फत बदर गर्न रिट निवेदनमा माग गरिएको छ । कार्कीले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।
यस्तै गण्डकी प्रदेश सरकार विरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट पाएको विश्वासको मतका विषयमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले गएको मंगलबार रिट दायर गरेका थिए ।
सर्वोच्चको आदेश देखाउँदै मुख्यमन्त्री अधिकारीले ६० प्रदेशसभा सदस्यमध्ये पाएको ३० मतलाई बहुमत भनी विश्वासको मत प्राप्त गरेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरेपछि पाण्डे अदालत गएका हुन् । गएको आइतबार मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिएका थिए ।
संविधान र गणितको अन्तर्राष्ट्रिय नियम नै बदल्ने गरी सभामुखद्वारा गरिएको घोषणा बदर गरी आफूलाई संविधानको धारा १६८ (३) को मुख्यमन्त्री नियुक्तिको आदेश दिन पाण्डेले रिटमार्फत माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार