कांग्रेसको निर्णयपछि अब १२ बजे बस्ने कार्य व्यवस्थाको बैठकमा मात्रै तय हुनेछ संसद चल्ने कार्यसूची
नेपालबहस संवाददाता
बैशाख २८, २०८१ शुक्रबार १०:४८:८
२८ वैशाख, काठमाडौं । संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन बैठक कसरी चल्छ भन्ने कुरामा सभामुख देवराज घिमिरे आफै प्रष्ट छैनन् । उनले यसअघि लगातार गरेका छलफलमा संसद बैठक सहजै रुपमा सुचारु हुने संकेत पाएका छैनन् । दलहरू आफ्ना अडानमा कायमै छन् । कांग्रेसको अन्तिम निर्णय कुरेर बसेका घिमिरेले १२ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
कांग्रेस संसदीय दलको केहीबेर अघिको बैठकले रवि लामिछानेलाई गृहमन्त्रीको रूपमा नभई एक दलको नेताको रूपमा बोल्न दिने पनि निर्णय गरेको छ । बाँकी विषयमा संसद बैठक अवरुद्ध हुनेछ । सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने/नबनाउने विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षको अडानले बजेट अधिवेशन प्रभावित हुने जोखिम सभामुखले देखेका छन् । पहिलो बैठकमा शीर्ष नेता बोल्ने प्रस्ताव रहेकाले मध्यमार्गी उपायको खोजीमा सभामुख छन् । कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई आज बोल्न दिने निर्णय गर्छ भन्ने उनलाई विश्वास छ ।
बिहीबारको कांग्रेस बैठक प्रभावित हुँदा सभामुख देवराज घिमिरेले बिहीबार साँझ बोलाएको दलका प्रमुख सचेतकहरूको बैठक पनि निष्कर्षमा पुगेन । नेता सूर्यमान गुरुङको निधनका कारण कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्न सकेको थिएन । सभामुख घिमिरेसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरू कांग्रेसको निर्णय पर्खिने भन्दै उठेका थिए । यसपछि सभामुखले शुक्रबार साढे १२ बजे शंकर हलमा कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
सबै बसेर पहिलो बैठक सञ्चालनको कार्यसूची टुंग्याउने तयारीमा सभामुख छन् । संघीय संसदको बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । नयाँ बानेश्वर स्थित संघीय संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो २ बजे बस्दै छ । अधिवेशनको प्रारम्भमा दुवै सदनमा दलका शीर्ष नेताले बोल्ने प्रस्ताव छ । तर, प्रमुख प्रतिपक्षी कांग्रेसले सदन चलाउन दिन्छ वा दिँदैन भन्ने निश्चित नहुँदा पहिलो बैठकको कार्यसूची टुंगिन सकेको छैन ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले सदन अवरोध गर्न सक्ने सम्भावना पनि कायमै छ । यस विषयमा कांग्रेसभित्रै दुई धार देखिएका छन् । सभापति शेरबहादुर देउवा पक्ष अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताका हैसियतमा रास्वपा सभापति रवि लामिछानेलाई पनि बोल्न दिने पक्षमा र शेखर कोइराला पक्ष बोल्न नदिने पक्षमा छन् ।
सहकारीमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको र अभियोग लागेको व्यक्तिमाथि संसदीय छानबिन गर्नुपर्ने भनेर फागुन तेस्रो सातादेखि रोस्टममै जान नदिएको कांग्रेस अहिले पनि उही अडानमा छ । बजेट अधिवेशनको पहिलो बैठकमा शीर्ष नेता बोल्दा स्वाभाविक रूपमा संसदको चौथो ठूलो दल रास्वपाको सभापतिका रूपमा लामिछाने बोल्नेछन् । तर, कांग्रेस हालसम्म लामिछानेलाई बोल्न दिने पक्षमा छैन । यो कुराले गर्दा १२ बजेको कार्य व्यवस्था परामर्श समितिको बैठकपछि मात्र कार्यसूची बनाइन लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार