नक्कली लाइसेन्समा यातायात व्यवस्था विभागका पूर्व महानिर्देशकहरू सीआईबीको ‘राडर’मा
नेपालबहस संवाददाता
बैशाख २८, २०८१ शुक्रबार ११:४५:१९
२८ वैशाख, काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) खरिदबिक्री प्रकरणमा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू पनि तानिने संभावना बढेर गएको छ । विभागका पूर्व महानिर्देशकहरू समेत अनुसन्धानको दायरामा परेकाे सीआईबी स्राेतले बताएकाे छ । एकपछि अर्को गरी यातायात व्यवस्था विभागकै कर्मचारी तानिँदै गएपछि उनीहरू पनि अनुसन्धानको दायरामा परेका हुन् ।
अहिले पक्राउ परेका ९ मध्ये तीन जना बहालवाला र दुई जना पूर्वकर्मचारी छन् । विभागले गरेको छानबिनको प्रतिवेदन अख्तियार र सीआईबीमा बुझाएपछि थप अनुसन्धान सुरु भएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विभागका पूर्वमहानिर्देशकसम्मलाई अनुसन्धानको दायरामा राखेको भएपनि यसलाई सार्वजनिक गरेको छैन ।
यातायात व्यवस्था विभागले नै गरेको छानबिनमा करिब ८ वर्षमा १ लाख २ हजारभन्दा बढी सवारी चालक अनुमतिपत्र लाइसेन्स खरिदबिक्री भएको देखिएपछि विभागले सीआईबी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग दुवैलाई कारबाहीका लागि पत्राचार गरेको थियो । विभागले यो प्रकरणको छानबिन गर्न भनेपछि सीआईबीले शंकास्पदहरुसँग बयान लिएर पक्राउ गर्न थालेको हो ।
पक्राउ पर्नेमा यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर वृजुकुमार चौधरी, यातायात कार्यालय बुटवलका कर्मचारीहरू नारायणप्रसाद पाण्डे र हरिश भट्ट तथा विभागबाट अख्तियार पुगेका सुरजप्रकाश अर्याल र पूर्वकर्मचारी बसन्त पाण्डे छन् । भट्ट एमालेका पूर्व सांसद दीपक भट्टका भाई हुन भने पाण्डे अर्थ मन्त्रालयका सहसचिव टोकराज पाण्डेका आफन्त हुन् ।
विचौलियासँग मिलेमतोमा उनीहरुले मृतकको नामको सवारी चालक अनुमतिपत्र लाइसेन्स अर्को व्यक्तिका नाममा जारी गर्ने, लिखित र ट्रायल परीक्षा नदिए पनि घर–घरमा लाइसेन्स पुर्याइदिने गरेको सीआईबीले गरेको अनुसन्धानमा देखिएपछि कम्प्युटर इन्जिनियर अर्याल पक्राउ परेका थिए । त्यस्तै नवीकरण नभएका लाइसेन्समा अर्को व्यक्तिको विवरण राखेर जारी गर्ने, विभागमा छपाई रोकिएको करिब दुई वर्षको समयमा अनधिकृत रुपमा रकम लिएर लाइसेन्स प्रिन्ट गरिदिने, अर्काको युजर एकाउन्ट प्रयोग गरेर सिस्टममा डाटा फेरबदल गर्नेसम्मको कैफियत सीआईबीको थप अनुसन्धानमा देखिएको छ ।
सीआईबीले पक्राउ गरेका लजारस दनुवार, प्रदीप सुनार, अजित मिश्र र मिलन बाँस्तोला भने सेवाग्राही हुन् । ट्रायल नै पास नगरी रकम बुझाएका भरमा उनीहरुले लाइसेन्स हात पारेपछि अनुसन्धानको क्रममा पक्राउ परेका छन् । उनीहरू अहिले सीआईबीको हिरासतमा रहेका छन् । पक्राउ परेका विभागका कर्मचारी वृजुकुमार चौधरीले नै यो कुरा स्वीकार गरिसकेका छन् ।
चौधरीले दिएको बयानमा लाइसेन्स प्रिन्ट गरि दिए बापत ५ हजारभन्दा बढी लिने गरेको उल्लेख छ । त्यसमध्ये एक हजार आफूले राख्ने र बाँकी एक हजार बिचौलिया तथा तीन हजार हरिश भट्टलाई दिने गरेको पनि बयानमा स्वीकार गरेका छन् । भट्टले भने त्यो रकम महानिर्देशकसम्म पुर्याउने गरेको सीआईबी स्रोतको दावी छ ।
सीआईबीले पक्राउ गरेका सुरजप्रकाश अर्याल केही समय अघिदेखि मात्रै काजमा अख्तियारमा खटिएका थिए । उनले यसअघि करिब ३ वर्ष यातायात विभागमा बसेर काम गरेका थिए । उनी अख्तियारमा सरुवा हुनु पनि रहस्यमय देखिएको छ । जबकी उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका प्राविधिक कर्मचारी हुन् ।
यता नक्कली लाइसेन्स प्रकरणमा भने सबैभन्दा बढी बदमासी बुटवल कार्यालयबाट भएको विभागको प्रतिवेदनमा उल्लेख छ । त्यहाँ रहेका लक्ष्मण पाण्डे अहिलेसम्म सुरक्षित रहेका छन् । उनलाई प्रहरीले खोजी गरेपनि उपचारको बहानामा दिल्ली भएको जानकारी प्रहरीले पाएको छ । यसैगरी यातायातका अर्का महिला कर्मचारी पनि अनुसन्धानको दायरामा परेकी छिन् । प्रहरीले उनको नाम भने खुलाइएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
सेती लोकमार्गः दश किलोमिटर कालोपत्र हुँदै
जेठ २०, २०८१ आइतबार
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु, एक सिकिस्त
जेठ २०, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने कार्यसूची
जेठ २०, २०८१ आइतबार
भारतको लोकसभा निर्वाचन: एक्जिट पोलमा मोदीलाई फराकिलो बहुमत !
जेठ २०, २०८१ आइतबार
रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि
जेठ २०, २०८१ आइतबार