आठौँ सातामा ‘महाजात्रा’ : शनिबार ५१ औँ दिन मनाउँदै
नेपालबहस संवाददाता
बैशाख २८, २०८१ शुक्रबार १३:८:५७
२८ वैशाख, काठमाडाैं । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको आठौँ सातामा प्रवेश गरेको छ । षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला फिल्म झैँ यसले पनि ५१ औँ दिनको यात्रा पार गर्दैछ । अन्तर्राष्ट्रिय बजारमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको ‘महाजात्रा’ ले शनिवार काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज र मोफसलमा नेपालगञ्जमा रहेको सिनेरोयलमा ५१ औँ दिनको यात्रा पार गर्न लागेको हो ।
गत वर्ष विसं २०८० चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शन सुरू गरिएको ‘महाजात्रा’ ले अहिलेको समयमा समेत ५१ औँ दिनको यात्रा तय गर्नु सम्पूर्ण फिल्म उद्योगकै लागि खुसीको खबर रहेको निर्माता म्याक्स दीपेश खत्रीले बताए । ‘हामीलाई यो सफलताले अझैँ दायित्व बोध भएको छ । आगामी दिनमा दर्शकको भरोषालाई बढाउने र विश्वास टुट्न नदिने गरी काम गर्ने छौँ । षट्कोण आर्ट्समार्फत हामी आगामी दिनमा पनि स–परिवार एकसाथ हेर्न मिल्ने फिल्म ल्याउने छौँ’, निर्माता खत्रीले भने ।
उनले अन्तर्राष्ट्रिय बजार बलियो बनाउनुका साथै फिल्मको माध्यमबाट नेपाली कला, संस्कृति र भाषाको प्रवर्द्धनमा सहयोगी भूमिका निर्वाह गर्न पाउँदा आफूसहित सम्पूर्ण टिम हर्षित रहेको समेत बताए । अन्तर्राष्ट्रिय वितरक कम्पनी एमएसएम इन्टरटेन्मेन्टले डायस्पोरामा फिल्मको खडेरी हटाउन सफल भएको जनाएको छन् । उक्त कम्पनिका अनुसार सिड्नीमा ३५ भन्दा बढी शो भईसकेको छ । यो अहिलेसम्मको सिड्नीमा कुनै नेपाली फिल्मको भएको सर्वाधिक शो हो ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । षट्कोण आर्ट्सले विसं २०८२ को दसैँमा नयाँ फिल्म दर्शक माँझ ल्याउने घोषणा समेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन प्रवर्द्धनका लागि दाङमा चलचित्र बहस
जेठ २०, २०८१ आइतबार
किम्फमा महिला चलचित्रकर्मीबारे छलफल, कसले के भने ?
जेठ १८, २०८१ शुक्रबार
‘ज्वाइँ साब’को छायांकन शुरु, जितु र नीति प्रमुख भूमिकामा
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
टी–२० विश्वकप : ओमान र नामिबियाको खेल सुपर ओभरमा
जेठ २१, २०८१ सोमबार
अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी पहिलो प्रतिवेदन संयुक्त राष्ट्रसंघमा पेस गरिने
जेठ २१, २०८१ सोमबार
फेवातालमा डुङ्गा सयर गर्दै पर्यटक
जेठ २१, २०८१ सोमबार
गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र
जेठ २१, २०८१ सोमबार
व्यवसायी एवं लगानीकर्ता टोमसदोत्तिर आइसल्याण्डको राष्ट्रपतिमा निर्वाचित
जेठ २१, २०८१ सोमबार
नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ २१, २०८१ सोमबार