बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
नेपालबहस संवाददाता
बैशाख २८, २०८१ शुक्रबार १४:५३:३०
२८ वैशाख, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित माउण्टेन तनहुँ सामुदायिक बेल तथा फलफूल प्रशोधन उद्योग बन्द भएको छ । कच्चा पदार्थको अभावमा उक्त उद्योग विगत एक वर्षदेखि बन्द भएको हो ।
सामुदायिक वनमा बेलको अभाव भएपछि उद्योग सञ्चालन गर्न नसकिएको उद्योगका सञ्चालक विष्णुकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “बेल पाउन छाडियो, बेल नै नभएपछि उद्योग सञ्चालन गर्न सकिएन । एक वर्षदेखि उद्योग बन्द छ ।”
सामुदायिक वनमा त्यसै खेर गइरहेको बेललाई सदुपयोग गर्दै उद्योग स्थापना गरी बेलको जुस उत्पादन गरेर बिक्री वितरण थालिएको थियो । श्रेष्ठका अनुसार अहिले व्यक्तिले नै सामुदायिक वनमा बेल रोपण गरेका छन् । उनले भने, “वनमा पहिला बेल त्यसै पाइन्थ्यो, अहिले बेल पाउन छाडेपछि हामी नै बेल खेतीमा लागेका छौँ ।”
श्रेष्ठका अनुसार आगामी असोजदेखि उद्योग सञ्चालनको तयारी गरिएको छ । पुनः सञ्चालनसँगै अदुवाको जुस उत्पादन गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए । उनले भने, “बेल पाउन थालेपछि फेरि जुस उत्पादन गरी बिक्री गर्नेछौँ । उद्योग सञ्चालनमा ल्याएसँगै अदुवाको जुस पनि उत्पादन गर्ने योजना बनाएका छौँ ।”
म्याग्दे गाउँपालिका–१, २ र ३ मा रहेको छवटा सामुदायिक वनका उपभोक्ता मिलेर बेल जुस उद्योग स्थापना गरेपछि बेलबाट राम्रो आम्दानी हुन थालेको थियो । विसं २०७१ मा युएसएडको आर्थिक सहयोगमा केएर नेपाल, हरियो वन कार्यक्रममार्फत मेसिनरी औजार खरिदका लागि रु ११ लाख २८ हजार र छवटा सामुदायिक वनको रु चार लाख ६० हजारको संयुक्त लगानीमा उद्योग स्थापना भएको थियो ।
सिद्ध बतासन, उमाचोक, भिरपानी बच्र्याङ, पँधेरीखोला र पोर्सेली सामुदायिक वन समूहको सक्रियतामा उक्त उद्योग स्थापना गरिएको थियो । सुरुमा सामुदायिक उद्योगको रुपमा स्थापना गरिएको उद्योगको व्यवस्थापनका लागि छवटै सामुदायिक वनका प्रतिनिधि समेटिएको ११ सदस्यीय उद्योग व्यवस्थापन समिति बनाइएको थियो । उद्योगको प्रभावकारी सञ्चालनमा निजी क्षेत्रको भूमिका हुन सक्ने कुरालाई मध्यनजर गरी विसं २०७४ असोजदेखि यसको व्यवस्थापन सार्वजनिक निजी साझेदारीताको मोडलमा सञ्चालन गरिएको छ ।
छवटै सामुदायिक वन उपभोक्ता समूहको सामूहिक निर्णयबमोजिम सिद्ध बतासन सामुदायिक वनका सदस्यसमेत रहुनभएका विष्णुकुमार श्रेष्ठसँग सम्झौता गरी उद्योग सञ्चालनको जिम्मेवारी दिइएको थियो ।
उद्योग सञ्चालकले रु ३० प्रतिप्याक ९१२ बेल स्क्वाएस बोतल० र रु १२ प्रतिप्याक ९१२ अदुवा स्क्वाएस बोतल० का दरले उद्योगलाई उपलब्ध गराउनुपर्ने सम्झौता थियो । वनबाट सङ्कलित बेललाई सफा र ग्रेडिङ गरी कटरमा राखेर काट्ने, गुदी ९भित्री फल० निकाल्ने र मिक्सचरमा पेलेर पल, बियाँ र छोक्रा छुटाएपछि, सेलाएको तातोपानीमा मिलाएर बेलको जुस तयार गर्ने गरिन्छ ।
एक गिलास पानीमा दुई बिर्को बेलको जुस राखेर दिनको दुई पटक सेवन गर्नाले उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, ग्यास्ट्रिक, कब्जियत, मधुमेह ९चिनीरोग० का साथै पाचन शक्तिसमेत बढाउने चिकित्सक बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित
बैशाख २७, २०८१ बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार