त्रिदेशीय रणनीतिक सडक निर्माण सुस्त गतिमा
नेपालबहस संवाददाता
बैशाख २८, २०८१ शुक्रबार २२:१:१४
२८ वैशाख, सुदूरपश्चिम । त्रिदेशीय रणनीतिक सडकका रुपमा रहेको धनगढीदेखि बझाङको उत्तरी सीमानाका उरै भञ्ज्याङ जोड्ने सडक निर्माण कार्य पर्याप्त बजेटको अभावमा सुस्त भएको छ । पर्याप्त बजेट अभाव हुँदा निर्माणको काम सुस्त गतिमा भइरहेको धनगढी–खुटिया– दिपायल–चैनपुर–उरै भञ्ज्याङ सडक योजना कार्यालयका इन्जिनियर दिनेश रैखालले बताए ।
आयोजना कार्यालयले आफ्नो कार्यक्षेत्र धनगढीदेखि बझाङको थलारासम्मको एक सय ८६ किलोमिटर भागमा सडक निर्माण गरिरहेको छ । थलारादेखि उत्तर चीनको सीमा नजिकको उरै भञ्ज्याङ ९ताक्लाकोट० सम्मको बाँकी एक सय छ किलोमिटर सडक खण्डमा सेती लोकमार्ग आयोजनाअन्तर्गत निर्माणको काम भइरहेको बताइएको छ ।
आर्थिक वर्ष २०७२÷७३ देखि निर्माण थालिएको धनगढीदेखि थलारासम्मको यो सडकको भौतिक प्रगति गएको आठ वर्षमा २० प्रतिशत मात्रै हुन सकेको छ । सुरुका दुई वर्ष प्रदेश सरकार मातहत रहेको यो सडक योजना विसं २०७६ देखि सङ्घीय सरकार मातहत ल्याइएको थियो । आयोजनाअन्तर्गत डोटी जिल्लामा नौ किलोमिटर र कैलालीमा १३ किलोमिटर कालोपत्रको काम भइसकेको छ । चालु वर्षमा डोटीमा थप १६ किलोमिटर र कैलालीमा थप सात किलोमिटर सडक खण्डमा कालोपत्रको काम भइरहेको छ ।
यो सडकअन्तर्गत बझाङको थलारासम्म ‘सिङ्गल ट्र्याक’ खोलिसकिएको भए पनि डोटी खण्डमा ४० किमी र बझाङ खण्डमा २९ किमी सडकलाई ‘डबल लेन’ बनाउन बाँकी छ । “यो सडकका लागि चालु वर्षमा रु २५ करोड र त्यसपछि थप रु पाँच करोड विनियोजन गरिएको थियो,” इन्जिनियर रैखालले भने, “विनियोजित बजेट निर्माण कम्पनीलाई भुक्तानी दिँदैमा सकियो, थप भुक्तानी दिन रु चार करोड अपुग भएको छ ।”
सरकारको प्राथमिकता प्राप्त सडक योजना भएर पनि अहिलेकै हिसाबले कम बजेट विनियोजन हुँदै गएमा धनगढीदेखि दीपायलसम्मको खण्डमा कालोपत्रको काम पूरा गर्न अझैँ छ÷सात वर्ष लाग्ने बताइएको छ । सेती अञ्चलको तराईको जिल्ला कैलालीदेखि उत्तरी हिमाली जिल्ला बझाङको उरै भञ्ज्याङ नाकालाई उत्तर—दक्षिण भएर जोड्ने भएकाले यो सडक रणनीतिक महत्व पनि छ । धनगढीदेखि डडेलधुरा र बैतडीको खोड्पे हुँदै बझाङको सदरमुकाम चैनपुर पुग्ने हालको सडकको वैकल्पिक सडकका रुपमा निर्माणाधीन यो सडक रहेको छ ।
चीनको मानसरोवर पुग्नका लागि छोटो मार्गका रुपमा देखिएकाले यो सडक धार्मिक तथा पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण मानिएको छ । सडक निर्माण पूरा हुन सकेमा मानसरोवर आवागमन सहज हुने मात्र नभई सुदूरपश्चिम प्रदेशको समग्र विकासमा केसेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा
जेठ २१, २०८१ सोमबार
गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र
जेठ २१, २०८१ सोमबार
पहिरोले पृथ्वीराजमार्गको दमौली–डुम्रे सडक अवरुद्ध
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
बालुवाटारमा बोलाएर टीआरसीको कुरा उठाएपछि सभापति देउवाले हप्काए प्रधानमन्त्रीलाई
जेठ २१, २०८१ सोमबार
न्युरोड सडकः महानगरले खन्यो, डिभिजनले टाल्यो
जेठ २१, २०८१ सोमबार
करण परियार: ईश्वरको वरदान पाएर गाउनकै लागि जन्मिएको अदभुत प्रतिभा
जेठ २१, २०८१ सोमबार
लमजुङको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प
जेठ २१, २०८१ सोमबार
विश्वकप खेल्ने क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलको शुभकामना
जेठ २१, २०८१ सोमबार
मनाङको जिल्ला अस्पतालमा भवन र जनशक्ति अभाव
जेठ २१, २०८१ सोमबार
‘सुरक्षा अवस्था हेरेर बसपार्क चौबिसै घण्टा सञ्चालन गर्ने’
जेठ २१, २०८१ सोमबार