शेयर बजारमा यो साता कमाउनेहरुको खैलाबैला
इन्द्र रिजाल
बैशाख १२, २०७६ बिहिबार २३:५५:३९
काठमाडौं । साताको शुरुदेखि नै लगातार उकालो लाग्दै आएको शेयर बजारमा साताको अन्तिमदिन आज पनि दोहोरो अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.८३ विन्दुले बढेर एक हजार २९२.१२ विन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७३ विन्दुले बढेर २७९.६७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १७६ कम्पनीका ४५ लाख १९ हजार ५८२ कित्ता शेयर रु एक अर्ब ३५ करोड ७५ लाख ५४ हजार २२१ मूल्यमा खरीद बिक्री भए ।
कारोवार भएका दश उपसमूहका शेयरमा वृद्धि भएको छ । बैंकिङ १०.०९, होटल २१.५, विकास बैंक ४५.२९, जलविद्युत् ५।२४, वित्त ०.८८, निर्जीवन बीमा ७४.८४, उत्पादन २२.९, अन्य ६, लघुवित्त १०.३९ र जीवन बीमा ८९.९१ विन्दुले बढेको छ ।
स्टकका अनुसार आज कारोवारका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको मात्रै प्रतिकित्ता रु ३१५ मा रु १८ करोड ४१ लाख ६४ हजार ९१७ बराबरको कारोवार भए । यस्तै एनसिसी बैंक रु सात करोड ३० लाख ३४ हजार ८९८, प्रभु बैंक रु सात करोड २६ लाख ७४ हजार ६९७, छिमेक लघुवित्त विकास बैंक रु छ करोड ६० लाख २५ हजार ८९८, कृषि विकास बैंक रु पाँच करोड ४३ लाख ६८ हजार ४५४ मूल्य बराबरको खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।
एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९.८४ प्रतिशतले कमाएका स्टकले जनाएको छ । कृषि विकास बैंक ९.६०, मिर्मिरे लघुवित्त वित्तीय संस्था ७.७२, यूनाइटेड इन्स्योरेन्स ७.५९, राधी विद्युत् कम्पनी ७.१४, नबिल इक्विटी फण्डका लगानीकर्ताले ६.८८ प्रतिशतले कमाए ।
यस्तै तारागाउँ रिजेन्सी होटलका शेयरधनीले ९.३० प्रतिशतले गुमाउँदा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ६.३८, गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ३.९०, मिथिला लघुवित्त वित्तीय संस्था २.६६, सिटिजन म्युचअल फण्डका लगानीकर्ताले २.५६ प्रतिशतले गुमाएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार