कानुनविपरीत ऋण लगानी गर्ने सहकारीबाट रकम फिर्ता गराउन कांग्रेसको माग
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार १८:४६:२६
९ जेठ, काठमाडौं । आफ्ना सदस्यबीच मात्र ऋण लगानी गर्न मिल्ने कानुनी व्यवस्थाविपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा सर्वसाधारणले जम्मा गरेको सहकारीको रकमको ठूलो हिस्सा अपचलन भएको उल्लेख गर्दै नेपाली कांग्रेसले उक्त रकम तत्काल फिर्ता गराउन माग गरेको छ ।
पार्टी केन्द्रीय सहकारी विभागले आज जारी गरेको वक्तव्यमा सुप्रिम सहकारी बुटवल, सूर्यदर्शन सहकारी पोखरा, स्वर्णलक्ष्मी सहकारी काठमाडौँ र साहरा सहकारी चितवनबाट रु ९५ करोड ८१ लाख गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी भएको प्रमाणसहित तथ्य सार्वजनिक भएको दाबी गर्दै उक्त रकम तत्काल फिर्ता गर्न आग्रह गरेको हो । विभाग प्रमुख देवेन्द्रराज कँडेलद्वारा जारी विज्ञप्तिमा सहकारी ऐन २०७४ एवं नियमावली २०७५ विपरीत सहकारीको रकम अपचलन भएको उल्लेख छ ।
कँडेलले सहकारी संस्थामा प्राकृतिक व्यक्तिमात्र सदस्य हुन पाउने र वित्तीय कारोबार गर्ने सहकारी संस्थाले सदस्यबीच ऋण लगानी गर्न मिल्ने कानुनी व्यवस्थाविपरीत गोरखा नेटवर्क प्रालिमा पैसा गएको बताए । बचत अपचलन गर्ने सहकारी सञ्चालक र कार्यकारी प्रमुख साथै गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक एवं कार्यकारी प्रमुखलाई कानुनबमोजिम तत्काल कारबाही गरी सहकारी ऐनको दफा १२४ बमोजिम दण्ड, जरिवाना र सजाय हुनुपर्नेमा कांग्रेसको माग छ । सरकारले जनतामा कानुनी राज्यको अनुभूति दिलाउन पनि कानूनविपरीत काम गर्नेलाई कारबाही गरिनुपर्नेमा विज्ञप्तिमा जोड दिइएको हो ।
न्यून आय भएका गरिब, किसान, पिछडिएका वर्गको आर्थिक सामाजिक उन्नतीमा महत्वपूर्ण योगदान गर्दै आएको सहकारी क्षेत्रलाई यस्ता अराजक गतिविधिले बदनाम गरिरहेकाले यसमा संलग्न हुने जोसुकै व्यक्ति, कम्पनीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न र सर्वसाधारण जनताको बचत सुरक्षा गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ ।
देशको समग्र विकासका लागि सहकारी आन्दोलनको अपरिहार्यता बोध गरी नियमित र सुशासित सहकारी आन्दोलन अघि बढाउन आवश्यक नीति, ऐनको संशोधन हुनुपर्नेमा पनि कांग्रेसले सरोकार भएका निकायको ध्यानाकर्षण गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा रहन्छ : उपसभापति खड्का
असार १, २०८१ शनिबार
बजेट कति ठीक र कति बेठीक भन्नेबारे छलफल हुनुपर्छ : केपी ओली
असार १, २०८१ शनिबार
कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रन्छ, अब गठबन्धन गर्दैन : महामन्त्री शर्मा
असार १, २०८१ शनिबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
असार १, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १, २०८१ शनिबार
लज्जास्पद हारबारे संघ प्रमुख भागवत र सीएम योगीबीच आज छलफल हुने
असार १, २०८१ शनिबार
बागमतीमा चालु आवको भन्दा बढी बजेट, कार्यान्वयन हुनेमा विपक्षीको आशंका
असार १, २०८१ शनिबार
रौतहटमा शौच गर्न निस्किएका युवक मृत फेला
असार १, २०८१ शनिबार
दिक्तेलमा साकेला उँभौलीको मैझारो
असार १, २०८१ शनिबार
कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा रहन्छ : उपसभापति खड्का
असार १, २०८१ शनिबार
बजेट कति ठीक र कति बेठीक भन्नेबारे छलफल हुनुपर्छ : केपी ओली
असार १, २०८१ शनिबार
आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो
असार १, २०८१ शनिबार