सर्वोच्चबाट मुद्दा किनारा नलागेसम्म गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार १३:३७:५२
१० जेठ, काठमाडौं । सर्वोच्च अदालतबाट मुद्दाको अन्तिम किनारा नलागेसम्म गण्डकी प्रदेशसभाको बैठकमा नेपाली कांग्रेस सहभागी नहुने भएको छ । गण्डकी प्रदेश सभाको बैठक ११ जेठको दिउँसो ३ बजेका लागि बोलाइएको छ । सो बैठक बहिस्कार गर्ने कांग्रेसको निर्णय छ ।
मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मत विरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै कांग्रेसले त्यसको अन्तिम किनारा नलागेसम्म संसद बैठकमा सहभागी नहुने जनाएको हो । प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले विज्ञप्ति निकालेर यसबारे जानकारी गराएका छन् ।
मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा ३० सांसदको समर्थन पाउँदैमा सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए । जब कि ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ ।
कांग्रेसले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै १४ जेठमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए । मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रदेश सभा बैठक र सरकारले गर्ने कुनै पनि कार्यमा नेपाली कांग्रेसको सहभागिता नरहने कांग्रेस संसदीय दलका प्रमुख सचेतक न्यौपानेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाँस पनि बेचेर प्रशस्त आम्दानी गर्छन बागलुङका किसान
असार २, २०८१ आइतबार
गण्डकीमा राप्रपालाई फकाउन पृथ्वीनारायण शाहको शालिकको लागि बजेट !
असार २, २०८१ आइतबार
गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९७ करोड
असार १, २०८१ शनिबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २, २०८१ आइतबार
मेलम्ची बाढीको तीन वर्ष : पुनः निर्माण सुस्त, स्थानीयवासीको कथाव्यथा पनि उस्तै
असार १, २०८१ शनिबार
कछुवा गतिमा काम गरिरहेको सहकारी छानबिन समितिले आज कार्यविधि पास गर्ने
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
ललितपुरको कृषि विकास सहकारीका अध्यक्ष तेजविक्र थापासहित ४ जना पक्राउ
असार २, २०८१ आइतबार
युक्रेन युद्ध रोक्न पुटिनले राखेको प्रस्ताव इटाली र जर्मनीद्वारा अस्वीकार
असार २, २०८१ आइतबार
कति छ कर्णालीको पुँजीगत खर्च ?
असार २, २०८१ आइतबार