एएफसी यू–१९ महिला छनोट : नेपालले आज अष्ट्रेलियाको सामना गर्दै
इन्द्र रिजाल
बैशाख १३, २०७६ शुक्रबार १२:३७:१९
काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले आज ‘शुक्रबार’ बलियो टिम अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ ।
दोस्रो चरणको छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित म्यानमार पुगेको नेपालले पहिलो खेलमा अष्ट्रेलियासंग खेल्न लागेको हो । म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार ३: १५ मा सुरु हुनेछ ।
समूह ुएु कै सर्वाधिक बलियो टोली अष्ट्रेलियाविरुद्ध नेपाल कम्तिमा बराबरी खेल्ने लक्ष्यसहित मैदान उत्रने छ । अष्ट्रेलियालाई रोक्दै नेपाल सुखद सुरुवात गर्ने योजनामा हुनेछ ।
फिफा वरियतामा १२० औं स्थान माथिको अष्ट्रेलियालाई रोक्न नेपाललाई कठिन चुनौती भने हुनेछ । फिफा वरियतामा अष्ट्रेलिया ४१ औं स्थानमा रहेको छ । नेपाल भने १६० औं स्थानमा रहेको छ । त्यसैले अष्ट्रेलियाविरुद्ध नेपाल कम गोल खाने प्रयासमा समेत हुनेछ ।
प्रतियोगिताअघि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरी ओम श्रेष्ठले समूहमा बलियो टोलीहरु रहेपनि कडा टक्कर दिने बताएका थिए ।
‘हामीले नसकिने भन्ने छैन । उमेर समूहमा हामीले अष्ट्रेलिया, म्यानमार या उज्वेकिस्तानसँग पनि कडा चुनौती दिन सक्छौं,ु म्यानमार जानुअघि प्रशिक्षक श्रेष्ठले भनेका थिए, ‘हामीभन्दा बलियो टोलीसँग खेल्दैछौं तर डिफेन्सिभ खेलेर हामी हार्नु या ड्र गर्नु बाहेक विकल्प केही हुँदैन त्यसैले अट्याकिङ फुटबल नै खेल्नेछौं । जस्तोसुकै बलियो टिमलाई दबाब दिन सक्छौं ।’
चीनमा एक साता अभ्यास गरेको नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रने छ । चीनको सिचुवानमा अभ्यास गरेको नेपालले चीनको यू(१५ महिला टोली र छन्दु प्रान्तको यू(१८ टोलीसंग अभ्यास खेल समेत खेलेको थियो ।
यता, अष्ट्रेलिया नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ । यस समूहमा अष्ट्रेलियालाई उपाधि दाबेदार मानिएको छ ।छनोटमा नेपालले अष्ट्रेलियापछि नेपालले अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसंग खेल्नेछ ।
छनोटको शीर्ष टोलीले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् । गत कार्तिक दोस्रो साता थाइल्याण्डमा भएको पहिलो चरणको छनोटमा नेपाल उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपालले तीन खेलबाट ६ अंक बनाउँदै दोस्रो चरणमा स्थान बनाएको थियो ।
नेपाली टोली :
गोलकिपर : अन्जना राना मगर, रेबिका राई, उषा नाथ । डिफेण्डर स् निशा थोकर, रोजिना श्रेष्ठ, सुष्मा महर्जन, समिक्षा घिमिरे, बिमला विश्वकर्मा, पुजा राना मगर, सलोनी राना मगर, सबिता राना मगर ।
मिडफिल्डर : सरु लिम्बु कप्तान, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता बैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती । स्ट्राइकर स् रश्मी कुमारी घिसिङ, एलिशा जिम्बा, रेखा पौडेल, निर्मला उपाध्याय ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
जनहित पूरै बेवास्तामाः संसद कहिलेसम्म दलका नेताहरुको स्वार्थमा चलिरहने ?
जेठ ८, २०८१ मंगलबार
व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित
जेठ ८, २०८१ मंगलबार
गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ, एक फरार
जेठ ८, २०८१ मंगलबार
जसपा नेपालको रिट ढुंगाना र मुसलमानको इजलासमा
जेठ ८, २०८१ मंगलबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ ८, २०८१ मंगलबार
नाम राखेर संसदीय छानबिन समिति बनाउने टीओआरमा सहमति नजिक पुग्यो कार्यदल
जेठ ८, २०८१ मंगलबार