इस्लामावादमा पनि बुद्ध जयन्ती मनाइयो
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार ११:४६:४५
१७ जेठ, काठमाडौं । दुई हजार पाँच सय ६८ औँ बुद्ध जयन्तीका अवसरमा गत मङ्गलबार पाकिस्तानको राजधानी इस्लामावादस्थित नेपालको राजदूतावासमा एक कार्यक्रमको आयोजना गरी शान्तिका अग्रदूत भगवान गौतमबुद्धका वाणीको परिचर्चा गरियो ।
नेपाल र पाकिस्तानका बौद्ध भिक्षुका साथै पाकिस्तानी नागरिकको उपस्थितिमा भएको उक्त कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले अहिंसा, दया, करुणा, समभाव एवं सम्यक ध्यानजस्ता बौद्ध दर्शनका प्रमुख सिद्धान्त मानव जीवनका लागि उपयोगी छन् भने ।
उनले बौद्ध दर्शनमा लुम्बिनी र तक्षशीलाको ठूलो महत्व रहेको र नेपाल सरकारले लुम्बिनीलाई विश्वशान्तिको केन्द्रका रूपमा विकास गर्न गरेका प्रयासको चर्चा गर्दै पाकिस्तान सरकारले गान्धारा सभ्यताको संरक्षण र प्रवरद्धन गर्न गरेको प्रयासको प्रशंसा गरे । साथै उनले बौद्ध परम्परामा नेपाल प्रमुख तीर्थ एवं आध्यात्मिक गन्तव्यका रूपमा रहेकाले पाकिस्तानलगायत विश्वभरबाट अध्यामिक साधकहरू नेपाल भ्रमणमा जाने गरेका जानकारी दिएको उक्त दूतावासले जनाएको छ ।
कार्यक्रममा पूर्वविज्ञान तथा प्रविधिमन्त्री एवं युवक बौद्धमण्डल नेपालका सल्लाहकार डा केशवमान शाक्य, बौद्ध अध्येता एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य श्रीओमचरण अमात्य, बौद्ध विद्धान् एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक भिक्षु पण्डित सङ्किच श्रामणेर र गोरखापत्रका प्रमुख संवाददाता केदारप्रसाद भट्टराईले बौद्ध दर्शनका विविध पक्षबारे मन्तव्य व्यक्त गरेको थियो ।
नेपालबाट गएका विद्वान्हरूले हाल पाकिस्तानमा रहेका प्राचीनस्थल खासगरी स्वात उपत्यका (गुरू पद्मसम्भव जन्मेको उदियाना), पेशावर (पुरुषपुर), चरसद्दा (पुस्कलावती) एवं टक्सिला (तक्षशिला)को बौद्धदर्शन विकासमा ठूलो महत्व रहेको बताएका थिए । उक्त अवसरमा उनीहरुले बौद्धधर्म र दर्शनका विभिन्न पक्ष, यसको महत्व र अपरिहार्यता दर्शाउँदै पाकिस्तानमा रहेको गान्धारा सभ्यता सम्पूर्ण बौद्धजगत्को सेतुका रूपमा रहेकाले यसको जगेर्ना गर्नु सबैको दायित्व भएकामा जोड दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
आईसीसीसीले क्यानडा समिट २०२५ आयोजना गर्ने
पुष १८, २०८१ बिहिबार
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा अमेरिका कार्यक्रम
पुष १५, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
माघ १०, २०८१ बिहिबार
आवश्यकताअनुसार औषधि उपलब्ध गराउने गरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल
माघ १०, २०८१ बिहिबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाई
माघ १०, २०८१ बिहिबार