चलचित्र 'मोदीबेनी'का दुई पोस्टर सार्वजनिक : अमर एक्सनमा, वर्षाको भूमिका के हो ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २४, २०८१ बिहिबार ११:४८:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/MODIBENI_FIRST_POSTERS_06AZLVj161_3lNE5uvcko.jpg)
२४ जेठ, काठमाडौं । आगामी श्रावण १८ गते रिलिज हुने चलचित्र 'मोदीबेनी'का दुई पोस्टर सार्वजनिक गरिएको छ। यस चलचित्रका प्रमुख कलाकारहरू अमर प्रताप श्रेष्ठ र वर्षा सिवाकोटीलाई फिचर गरिएका दुई छुट्टाछुट्टै पोस्टर सार्वजनिक गरिएको हो।
पोस्टरमा यसै चलचित्रबाट डेब्यु गरेका अभिनेता श्रेष्ठलाई 'एङ्ग्री योङ म्यान'को रूपमा देखाइएको छ। उनी कुनै पहाडी इलाकामा हातमा बाँसको मोटो लट्ठी समाएर रिसाहा भावमा उभिएका छन्। उनको गालामा चिथोरिएको दाग छ, हातमा टाँका लगाइएको अवस्थामा छन् भने नाडीमा खतराको सङ्केत भएको कालो ब्रासलेट लगाएका छन्। पोस्टरको विश्लेषण गर्दा उनलाई एक्सन अवतारमा 'मोदीबेनी'मा देख्न पाइनेछ। अमरले ओजस थिएटरमा अभिनय प्रशिक्षण लिई केही नाटकमा अभिनय गरेका थिए।
अभिनेत्री सिवाकोटीलाई पोस्टरमा रहस्यमय अवतारमा देखाइएको छ। उनी पनि कुनै पहाडी इलाकामा उभिएकी छन्। उनको पछाडि उकालो बाटो छ। उनी थोरै बुट्टा भएको सेतो कपडामा छिन्। यस चलचित्रमा वर्षा अमरको जोडीको रूपमा अभिनय गरेको भएता पनि पोस्टर भने अलग अलग सार्वजनिक गरिएको छ। यसबाट कथामा केही रहस्य लुकेको अनुमान लगाउन सकिन्छ।
'मोदीबेनी'का निर्देशक शङ्कर कोइरालाले चलचित्रको कथामा आधारित रहेर पोस्टर तयार पारिएको बताए। उनले यस चलचित्रमा अभिनेता अमर एक्सन प्रधान भूमिकामा रहेको खुलासा गरे। पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो चलचित्रको कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटनाहरू भइरहेको पाइने उनले बताए। चलचित्रमा बदलाको कथा रहेको बताउँदै निर्देशकले कथाको अन्य 'क्लु' दिन भने अस्वीकार गरे।
सार्वजनिक पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन्। उनले आफूले पोस्टरहरूमा बदला र पीडालाई देखाउनु पर्ने रहेकोमा सोही अनुरूप डिजाइन गरेको बताए। अभिनेता श्रेष्ठको पोस्टरबारे व्याख्या गर्दै उनले कुनै मिसनमा रहेर आक्रामक लडाइँ भावनामा रहेको पात्र रहेको बताए। अभिनेत्री सिवाकोटीलाई राखिएको पोस्टरबारे भीमसेन भन्छन्, रहस्यमय र सन्दिग्ध एवं भित्री पीडा लुकाइरहेकी महिला जसले बदलाको भावना राखेकी छन्।
यस चलचित्रमा अमर र वर्षा सहित रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ। डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन्। यसमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन्। उत्सव दाहालको डीओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ। रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र “नमेटिने घाउ’’को आफ्नो दृश्यको डबिङ
साउन १२, २०८१ शनिबार
चलचित्र ‘लाइफ ड्यामेज’को शुभमुहूर्त, सुरक्षा र निमेषको प्रमुख भूमिका
साउन ११, २०८१ शुक्रबार
‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो चरणको छायांकन सुरु, नयाँ अभिनेत्रीमा अलिशाको प्रवेश !
साउन १०, २०८१ बिहिबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
सौर्य एयर दुर्घटना: यस्ता छन हृदयविदारक तस्वीरहरु
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
द्रुत मार्गमा पट्यार लाग्दो काम, ३ सय ९४ रोपनी जग्गा अधिग्रहणमै रोकियो नेपाली सेना
साउन १२, २०८१ शनिबार
स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा मुलुकबाट ३१ अर्ब बाहिरियो
साउन १२, २०८१ शनिबार
अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डद्वारा गाजामा युद्धविरामको आह्वान
साउन १२, २०८१ शनिबार
कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प
साउन १२, २०८१ शनिबार
चीनले जित्यो पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक
साउन १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति घट्दो क्रममा
साउन १२, २०८१ शनिबार