कालिका आधारभूत विद्यालयमा मोबाइल फोन निषेध
इन्द्र रिजाल
बैशाख १३, २०७६ शुक्रबार १९:१६:७
बेझाड । निजी विद्यालको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर अझै माथि उकास्न सकेको छैन । केही सामुदायिक विद्यालय निजी विद्यालयभन्दा अब्बल भएपनि प्राप्त नतिजा र गुणस्तर हेर्दा सामुदायिक विद्यालयभन्दा निजी विद्यालय नै अग्र पङ्क्तिमा आउछ ।
सामुदायिक विद्यालयमा शिक्षकले अनुशासित भएर नपढाएकाले शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको धेरैको आरोप छ । समयमै विद्यालय नपुग्ने, विद्यालय समय अवधिभर नबस्ने, कक्षाकोठा भित्रै मोबाइल फोन उठाएर कुराकानी गर्ने प्रवृत्ति शिक्षकको छ ।
पाल्पा रामपुर नगरपालिका–४ देवीस्थानस्थित कालिका आधारभूत विद्यालयले यसै शैक्षिक सत्रदेखि विद्यालय समयमा मोबाइल फोन प्रयोगमा निषेध गरेको छ ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र शिक्षक कर्मचारीको सहमतिमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कुनै पनि शिक्षक वा कर्मचारीले मोबाइल फोन प्रयोग गर्न नपाउने नियम लागू गरिएको हो ।
शैक्षिक गुणस्तर वृद्धि गरी नमूना विद्यालयका रुपमा चिनाउन विद्यालयले शुरु गरेको यो कार्यप्रति सरोकारभएका व्यक्तिले प्रशंसा गरेका छन् ।
रुयसै विद्यालको सिको नगरपालिकाका अन्य विद्यालयले पनि गर्ने तयारीमा छन् । कक्षाकोठाभित्रै शिक्षकले मोबाइल फोनको प्रयोग गर्दा शैक्षिक गुणस्तर खस्किँदै गएको अभिभावकका गुनासो आएपछि विद्यालय समयभित्र मोबाइल फोनको प्रयोग निषेध गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराम ठाडा बताउछन् ।
“भर्ना अभियानको क्रममा घरदैलो गर्दा कक्षा कोठाभित्रै शिक्षण कार्य रोकी शिक्षक फोन उठाएर आनन्दले कुराकानी गरेर बस्छन्, विद्यार्थीले के सिक्छन्,? अन्य विद्यालयमा भर्ना गराउने कुरा अभिभावकले गरेकाले तत्काल समितिको बैठक बसेर यस्तो निर्णय गरेका हौँ”, अध्यक्ष ठाडा जानकारी दिन्छन् ।
यसमा सरोकार भएका पक्षको सहमतिमा शैक्षिक सत्रको शुरुआतमै मोबाइल फोन विद्यालय समयभित्र निषेध गर्ने कार्य शुरु गरिएको उनको भनाइ छ । अति आवश्यक काम परे प्रधानाध्यापकको मोबाइलबाट शिक्षकलाई अनूकुल समय मिलाएर कुरा गराउने व्यवस्था मिलाइएको छ ।
खाजा खाने समयबाहेक अरु समय मोबाइल फोन प्रधानाध्यापकको निगरानीमा राख्ने व्यवस्था गरिएको प्रधानाध्यापक सोमबहादुर सेन बताउछन् ।यसै शैक्षिक सत्रदेखि बिहान १० देखि दिउँसो ४ बजेसम्म विद्यालको प्रवेशद्धारमा साँचो लगाउने गरिएको छ ।
यस विद्यालयमा कक्षा नर्सरीदेखि ४ सम्म अङ्ग्रेजी माध्यम र पाँचदेखि आठसम्म नेपाली माध्यममा पठनपाठन भइरहेको छ । अघिल्लो शैक्षिक सत्रको तुलनामा विद्यार्थी भर्नादर पनि बढ्दो छ ।
हाल विद्यालयमा १३० विद्यार्थी र दश शिक्षक कर्मचारी छन् । कक्षा कोठाभित्रै शिक्षकले फोनको घण्टी बज्नासाथ उठाएर कुरा गर्ने प्रवृत्तिले विद्यार्थीको पठनपाठनमा बाधा परिरहेको थियो ।शैक्षिक गुणस्तर सुधारका निम्ति रामपुर नगरपालिका भित्रका सबै विद्यालयमा विद्यालय समयभित्र मोबाइल फोन प्रयोग नगर्न अनुरोध गरिएको नगरपालिकाका शिक्षा अधिकृत रमाकान्त अर्याल जानकारी दिन्छन् ।
पाल्पाकै नमूना विद्यालयका रुपमा छनौटमा परेको रामपुर नगरपालिका–५ बेझाड बजारमा सञ्चालित रामतुलसी माविले पनि यस्ता क्रियाकलाप अवलम्वन गर्न लागेको छ । अब छिट्टै नै विद्यालय समयभित्र मोबाइल फोन प्रयोग निषेध गर्ने तयारीमा रहेको प्रधानाध्यापक बालकृष्ण लम्साल बताउछन्।
सामुदायिक विद्यालयमा शिक्षकको अटेरीका कारण कक्षा कोठामा नियम उल्लङ्घन गर्ने प्रवृत्तिले शैक्षिक गुणस्तर बढ्नुभन्दा झन् खस्कदै जान थालेकोले अन्य विद्यालयले पनि मोबाइल फोनको प्रयोग निषेध गर्नुपर्नेमा जम्बद्ध व्यक्ति जोड दिन्छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार
विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग
बैशाख २९, २०८१ शनिबार
भवन अभावले एउटै कोठामा दुई फरक-फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता
बैशाख २५, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री
जेठ २, २०८१ बुधबार
संस्कृति संरक्षणका निम्ति मादल बजाउने तालिम
जेठ २, २०८१ बुधबार
थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार
विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने
जेठ २, २०८१ बुधबार