शीर्ष नेताबीच छटपट र खटपटः अस्थिर सरकारबाट आमूल परिवर्तन सम्भव छैन
नेपालबहस संवाददाता
जेठ २६, २०८१ शनिबार ८:७:५५
गठबन्धन सरकारले आमूल परिवर्तन गर्ने भनिरहँदा काम गराइ र सरकारको अवस्था भने अत्यन्तै कमजोर देखिन्छ । एकातिर दश वर्षमा आईटी क्षेत्रमा ठूलो प्रगति गर्ने, जलविद्युत क्षेत्रदेखि अन्य अनेकौं क्षेत्रमा ठूलो तरक्की गर्ने भनेर प्रधानमन्त्री तथा मन्त्रीहरू थाक्दैनन् अर्कातिर गठबन्धन दलका शीर्ष नेताहरूबीच तिक्तता बढ्दै जान थालेको छ ।
अहिले तत्कालै गठबन्धन टुटेर पुनः अर्को गठबन्धन त नबन्ला तर कम्युनिष्ट दल तथा सहयोगी दलका शीर्ष नेताहरूबीच जति बेला पनि असमझदारी, तिक्तता, असहयोग बढिरहँदा देशको विकास सम्भव हुँदैन । नेताहरूले सधैं आफ्नो दललाई कसरी ठूलो भाग दिलाउने, अरूलाई कसरी च्याप्ने, हेप्ने भन्ने मानसिकता बोकिरहँदा विकास, समृद्धि, सद्भाव, सहअस्तित्व, सहकार्य कसरी सम्भव हुन्छ ?
गठबन्धनका दलहरू शिष्ट शासन संयन्त्र तयार गर्नुभन्दा आफूलाई कसरी विशेष देखाउने भन्दै अशिष्ट बोली र व्यवहार उपयोग गरिरहेको देखिएको छ । पछिल्लो समय गृहमन्त्रीको संसदमा प्रतिपक्षी प्रतिको जबाफी सम्बोधन, एमाले अध्यक्ष केपी ओलीको सहकारी, गिरीबन्धु टी स्टेटदेखि अन्य पक्षमा दिएका अभिव्यक्ति, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको छटपटी र भ्रष्टाचारका मामलामा भइरहेको बेवास्ता, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको छटपटीलाई हेर्दा शिष्ट र व्यवस्थित राजनीति धेरै टाढा रहेको स्पष्ट हुन्छ । अहिले प्रदेशको अवस्थालाई हेर्दा अझ डरलाग्दो चित्र अगाडि आउँछ ।
अहिले संसारमा निश्चित नीतिबिनाका योजना कति हो कति आउँछन्, नेताहरूले सोच्नै पर्दैन तिनैलाई आफ्नो बनाएर हामी यसो गर्छौं, उसो गर्छौं भन्दै हिँडे पुग्छ । त्यस्ता योजनालाई कार्य रुपमा ढाल्न भने धेरै कुराको आवश्यकता पर्छ । पूर्वाधार तयार हुनुपर्छ, लगानी र जोखिम बहन गर्न सक्ने अवस्थाको सिर्जना गर्नुपर्ने हुन्छ तर त्यतातिर अहिलेको नेतृत्वले बिल्कुलै ख्याल गरेको देखिएको छैन । प्रधानमन्त्री दाहालले अहिलेको बजेटका आधारमा १० वर्षमा आईटी क्षेत्रको विकास गरेर ३० खर्बको निर्यात गर्ने, ५ लाख युवालाई प्रत्यक्ष रोजगारी सिर्जना गरिने तथा १० लाख युवालाई अप्रत्यक्ष रोजगारी दिइने बताएका छन् ।
उनले काठमाडौं र बुटवलमा आईटी पार्क स्थापना गर्ने बजेटमा व्यवस्था गरिएको बताएका छन् । यो सुन्नलाई अति राम्रो छ, गौरवपूर्णजस्तो लाग्छ तर आईटीको क्षेत्रमा केही विकास भए पनि बृहत् अवस्थामा लैजान अहिलेका नेताहरूको व्यवहार तथा मानसिकताले सम्भव छैन । यस्ता बृहत् उद्योगका लागि लगानीका साथै सरकारको विश्वसनीयता अति जरुरी हुन्छ । अहिले नेतृत्व वर्गमा विश्वसनीयता हट्दै गएको छ । अस्थिर सरकारलाई अझ अस्थिर बनाउन दौडधुपमै छन् नेताहरु, भ्रष्टाचार, अनियमितता, चर्को अवस्थामा रहेको दलाली र नीतिगत रुपमै कमिशनखोरी बढिरहेको अवस्थामा यति ठूलो योजना सफल हुन कठिन छ ।
देशमा लगानी बढ्नका लागि पहिलेदेखि लगानी गरिरहेका लगानीकर्ता वा औद्योगिक घरानाहरु लगानीका लागि उत्साहित हुनुपर्छ । नेपालमा पछिल्लो समय आन्तरिक लगानीकर्ता वा औद्योगिक घरानाहरु थप लगानी गर्न उत्साहित देखिँदैनन् । यसको मुख्य कारण कर तथा अन्य विविध क्षेत्रमा राजनीतिक दलको शीर्ष तह र कर्मचारीको शीर्ष तहले लगातार रुपमा कमिसन लिइरहने, उद्योगीहरुलाई आफ्नो पक्षमा पार्न प्रयास गर्ने, त्यसमा तलमाथि भयो भने देशद्रोही नै हुन् जस्तो भन्ने व्यवहार गर्नु हो ।
यही राजनीतिक र कर्मचारीको उच्च तहकै मिलेमतोमा उद्योगी व्यापारीहरूले ठूलो मात्रामा कर छल्ने, भन्सार छलेर सामान भित्र्याउने, सस्तोमा सार्वजनिक जग्गा भाडामा लिने गरेका छन् । उनीहरुले समयमा कर नतिर्ने पनि यही कमिसनकै खेल हो । राजनीतिक दलका उच्च तहको स्वार्थ पूरा भएन भने स्वतः कारबाहीमा परिने नै भयो, यति मात्रै होइन देशद्रोहीकै व्यवहार पनि उनै दलका कार्यकर्ताबाट हुने गरेको छ । न सबै कुरा कानुन अनुसार व्यवस्थित रुपमा चल्न दिने, न कमिसन दिएर ढुक्क हुने, यो भनेको उद्योग, व्यवसायका लागि प्रतिकूल अवस्था हो । यो राष्ट्रलाई अधोगतिमा लैजाने काम पनि हो ।
पछिल्लो समय नेपालमा स्टार्ट अप उद्योगको चर्चा बढी छ । स्टार्टअप उद्योगलाई सरकारले बजेटमा प्राथमिकता दिएको उल्लेख गरेको छ । यो विषय बजेटमा विशेष स्थानमा साथ मेटिएको छ । यसलाई राम्रै मान्नुपर्छ तर यस्ता लगानीका लागि देशमा वित्तीय संस्था र बैंकहरुको अवस्था राम्रो हुनुपर्छ । अहिले सहकारीको अवस्था पूर्ण रुपमा ध्वस्त भइसकेको छ । यसहकारी सञ्चालक र तिनका संरक्षणकर्ताले सर्वसाधारण जनताको पैसा खाइदिएका छन् । यही राजनीतिक नेतृत्वकै भ्रष्ट, कमिसनखोर तथा दलाली व्यवहार र उनकै संरक्षणमा सहकारी सञ्चालकहरूले ठूलो रकम अपचलन गरेर विदेश पुर्याउने, देशभित्रै दुरुपयोग गर्ने काम गरे ।
सहकारी क्षेत्रबाट हुने ठूलो रकम लगानीमा जान सक्ने अवस्था अब रहेन । अर्को, बैंकहरुको पनि अहिले सहकारीमा भएको जस्तै व्यवहारका कारण ठूलो रकम नउठ्ने अवस्थामा गएको छ । अहिले उनीहरुको लगानी स्वात्तै घटेर गएको छ । अहिले बैंकहरुमा निक्षेप त राम्रै संकलन भएको छ तर लगानी नभएपछि त्यसले पश्च प्रभाव (ब्यक इफेक्ट) पार्ने अवस्था आएको छ ।
६ खर्ब रुपैयाँ जति बैंकहरुमा जम्मा भएको छ तर खराब कर्जा बढिरहेको अवस्थामा सरकारको कुनै विश्वसनीयता नभई बैंकहरुले पर्याप्त पैसा स्टार्ट अप उद्योगमा लगानी गर्न सक्ने छैनन् । यस्तो अवस्थामा सरकारले बैंकहरुलाई कसरी विश्वस्त पारेर लगानी जुटाइदिन सक्छ ? गठबन्धनका दलहरुबीचको खटपटी, छटपटी, अविश्वास, घृणा, अहम् बढिरहने, शीर्ष नेताहरूले त्यसको नेतृत्व गरिरहने, उता सरकारले ठूला, ठूला विकासका गफ गर्नु जनतालाई भुलाउने जाल मात्र हुन सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यकर्मीहरुको सुरक्षामा बढ्दो चुनौती
मंसिर २३, २०८१ आइतबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण कति उपलब्धिमूलक रह्यो ?
मंसिर २२, २०८१ शनिबार
हामी नेपालीहरु राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्न पनि चुक्दै गएका त छैनौँ ?
मंसिर १८, २०८१ मंगलबार
भैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
नेपालबहस संवाददाता
मंसिर २२, २०८१ शनिबार
प्रहरी प्रवक्ता कार्कीको धम्कीपूर्ण खण्डन (खण्डन पत्रसहित)
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मीन बहादुर खड्का
मंसिर २१, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १ हजार २२३ जनाका लागि नयाँ भर्ना खुल्यो
नेपालबहस संवाददाता
मंसिर २१, २०८१ शुक्रबार
भैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
मंसिर २२, २०८१ शनिबार
सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्छ : डा शेखर कोइराला
मंसिर २२, २०८१ शनिबार
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा तीनजना पक्राउ
मंसिर २२, २०८१ शनिबार
ग्यास बुलेट दुर्घटनामा बेपत्ता चालक र सहचालक खोज्न गोताखोर परिचालन
मंसिर २३, २०८१ आइतबार
अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास
मंसिर २३, २०८१ आइतबार
पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदशनी कक्ष थपिँदै
मंसिर २३, २०८१ आइतबार
गिजर र हिटरको प्रयोगमा सावधानी नअपनाउँदा जानसक्छ ज्यान !
मंसिर २३, २०८१ आइतबार
एक सय जनाको आँंखाको शल्यक्रिया सम्पन्न ( फोटो फिचर )
मंसिर २३, २०८१ आइतबार
गुफामा बस्दै आएका भिक्षुको स्वास्थ्य परीक्षण
मंसिर २३, २०८१ आइतबार