कर्णाली नदीको झोलुंगे पुलमा फसेका २ वटाबाहेक सबै खच्चडको सकुशल उद्धार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २७, २०८१ आइतबार १५:३८:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/collage_13_5WGBJkUhKB_Zgqa9l7fNN.jpg)
२७ जेठ, काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका २ बाहेक सबै खच्चडको उद्धार गरिएको छ । पुलमा फसेकामध्ये २ वटालाई बचाउन नसकिएको प्रहरीले जनाएको छ । आइतबार बिहान पुलको लठ्ठा चुँडिएर खच्चडहरू पुलमै फसेका थिए । पुलमा फसेको केही घन्टापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली पुगेर उद्धार गरेको हो ।
दैलेख र अछाम जोड्ने यो पुलका तारजाली कमजोर भएर चुँडिएसँगै चामल बोकेर फर्किएका खच्चडहरू फसेका थिए । दैलेख प्रहरी नायब उपरिक्षक (डीएसपी) सुनिल दाहालका अनुसार, सबै खच्चडको उद्धार सकिएको छ । फसेकामध्ये १० वटालाई खोलामा खसालिएको थियो भने ती मध्ये ८ वटाको सकुशल उद्धार भयो ।
बाँकी २ वटा नदीमा खस्दा ढुंगामा बजारिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । बाँकी रहेका तीनवटा खच्चडलाई भने पुलबाटै बाहिर निकालिएको थियो । लोड कम भएपछि तीनवटालाई तारको सहायताबाट नदीमा नखसालि निकालियो हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा एक वर्षभित्र १ सय १२ जनाले गुमाए ज्यान, २ हजार ७७ घाइते
साउन १०, २०८१ बिहिबार
कर्णालीमा नेकपामा माओवादी मन्त्रीहरुले दिए राजीनामा
साउन ७, २०८१ सोमबार
हेलिकप्टरमार्फत गर्भवतीको उद्धार
साउन ४, २०८१ शुक्रबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
सौर्य एयर दुर्घटना: यस्ता छन हृदयविदारक तस्वीरहरु
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा मुलुकबाट ३१ अर्ब बाहिरियो
साउन १२, २०८१ शनिबार
अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डद्वारा गाजामा युद्धविरामको आह्वान
साउन १२, २०८१ शनिबार
कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प
साउन १२, २०८१ शनिबार
चीनले जित्यो पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक
साउन १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति घट्दो क्रममा
साउन १२, २०८१ शनिबार
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार
साउन १२, २०८१ शनिबार