अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार, १९ खर्ब नजिक पुग्यो विदेशी विनिमय सञ्चिति

नेपालबहस संवाददाता
जेठ २८, २०८१ सोमबार १८:१५:४५

२८ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार एक वर्षभन्दा बढी समयको वस्तु तथा सेवाको आयात धान्ने विनिमय सञ्चिति रहेको देखिएको हो ।
२०८० असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६ दशमलव दुई प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तमा रु १९ खर्ब ४२ अर्ब ४० करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ वैशाख मसान्तमा २४ दशमलव दुई प्रतिशतले वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ वैशाख मसान्तमा २८ प्रतिशतले वृद्धि भई रु १७ खर्ब २२ अर्ब २ करोड पुगेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्था सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ वैशाख मसान्तसम्ममा १३ दशमलव आठ प्रतिशतले वृद्धि भई रु दुई खर्ब २० अर्ब ३८ करोड कायम भएको छ । गत वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव एक प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दश महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ दशमलव एक महिनाको वस्तु आयात र १२ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
गत वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादनसँगको अनुपात ३४ प्रतिशत बराबर छ । त्यस्तै, कुल आयातसँगको अनुपात एक सय पाँच दशमलव तीन र विस्तृत मुद्राप्रदायसँगको अनुपात २९ दशमलव दुई प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार यो अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको छ । त्यस्तै, गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा आयात दुई दशमलव चार, निर्यात तीन दशमलव छ र कुल वस्तु व्यापार घाटा दुई दशमलव तीन प्रतिशतले घटेको छ ।
गत वैशाख मसान्तसम्ममा नेपाल सरकारको खर्च रु १० खर्ब ५६ अर्ब ८९ करोड र राजस्व परिचालन रु आठ खर्ब ३१ अर्ब ९३ करोड रहेको छ । यो अवधिसम्मको विस्तृत मुद्राप्रदाय आठ दशमलव एक प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२ दशमलव चार प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलर भाउ आज पुनः बढ्यो
माघ २५, २०८१ शुक्रबार
अमेरिकी डलर एकको बिक्रीदर १४० नाघ्यो, अन्य देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
माघ २४, २०८१ बिहिबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
माघ २५, २०८१ शुक्रबार
सरकारले नियुक्त गर्यो भूमि आयोग जिल्ला समितिमा १०१ जना सदस्य: नामावलीसहित
माघ २५, २०८१ शुक्रबार
जबर्जस्ती करणी र विद्युतीय कारोबार कसुरमा कर्मचारी पक्राउ
माघ २५, २०८१ शुक्रबार
काठमाडौं महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने
माघ २५, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले पुर्याएको योगदान महत्त्वपूर्ण : अर्थमन्त्री पौडेल
माघ २५, २०८१ शुक्रबार
बाल यौन दुरूपयोगमा कृषिविज्ञ राईलाई २ वर्ष ६ महिना कैद सजाय
माघ २५, २०८१ शुक्रबार
आहा ! रारा पोखरा गोल्डकप : सङ्कटा क्लब थण्डर बोल्डसँग पराजित
माघ २५, २०८१ शुक्रबार
नेपाल–भारत सम्बन्धको लाभ 'आइटी' क्षेत्रमार्फत लिनुपर्छ: सञ्चारमन्त्री गुरुङ
माघ २५, २०८१ शुक्रबार