विश्वकप छनौट अन्तर्गत नेपालले आज यमनसँग खेल्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २९, २०८१ मंगलबार १२:१६:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/yaman_R7bjTyHRDz_o3FIxkEkKn.jpg)
२९ जेठ, काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज यमनसँग खेल्दै छ ।
साउदी अरबस्थित प्रिन्स मोहमद बिन फहद स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ११ : ४५ बजेदेखि शुरु हुने छ । यस अघि गत विहिबार खेलेको खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको थियो ।
घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि 'न्युट्रल भेन्यू' को रुपमा साउदी अरबमा खेलेको हो ।
एएफसीले दशरथ रंगशालाको पूर्वाधार अन्तर्राष्ट्रिय खेल खेलाउन मिल्ने नभएको बताएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो । नेपालले यसअघि पनि घरेलु मैदानमा खेल्नुपर्ने बहराइनविरुद्ध खेल पनि बहराइनमै खेलेको थियो ।
समुह एचमा रहेको नेपालले यस विश्वकप छनौटमा लगातार पाँचौं हार बेहोरेको छ । नेपाल यस अघि यमनसँग गत नोभेम्बर २१ मा भएको खेलमा २-० ले पराजित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी लिग जाने यी प्रिमियर लिगका स्टार खेलाडी
साउन ८, २०८१ मंगलबार
लागुऔषधबाट युवालाई जोगाउन फुटबल प्रशिक्षण
साउन ६, २०८१ आइतबार
एएफसी महिला च्याम्पियन्स लिगको ड्र, एपीएफ क्लब समूह सी मा
साउन ३, २०८१ बिहिबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
सौर्य एयर दुर्घटना: यस्ता छन हृदयविदारक तस्वीरहरु
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
साहित्य साधनाका लागि हाम्रो मुलुक ऊर्बर भूमि हो : प्रधानमन्त्री ओली
साउन १२, २०८१ शनिबार
द्रुत मार्गमा पट्यार लाग्दो काम, ३ सय ९४ रोपनी जग्गा अधिग्रहणमै रोकियो नेपाली सेना
साउन १२, २०८१ शनिबार
स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा मुलुकबाट ३१ अर्ब बाहिरियो
साउन १२, २०८१ शनिबार
अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डद्वारा गाजामा युद्धविरामको आह्वान
साउन १२, २०८१ शनिबार
कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प
साउन १२, २०८१ शनिबार
चीनले जित्यो पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक
साउन १२, २०८१ शनिबार