पर्वत अस्पतालमा विशेषज्ञ सेवा विस्तारपछि स्थानीय लाभान्वित
नेपालबहस संवाददाता
जेठ २९, २०८१ मंगलबार १२:३४:५८
२९ जेठ, पर्वत । लामो समयसम्म सामान्य औषधोपचार सेवा प्रवाह हुँदै आएको पर्वत अस्पतालले हालै विशेषज्ञ सुविधा विस्तार गरेपछि स्थानीय लाभान्वित भएका छन् ।
अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले विशेषज्ञ चिकित्सक पदपूर्ति भएपछि विशेषज्ञ सेवा विस्तार गरिएको बताए। कन्सल्टेन्ट मेडिकल जलरलिष्ट सेवा, जनरल सर्जन सेवा र स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा विस्तार गरिएको उनले बताए ।
अस्पतालबाट अबदेखि मेडिसिन, सर्जिकलसम्बन्धी सम्पूर्ण सेवा चौबिसै घण्टा उपलव्ध हुने र यसका लागि डा हेमन्त बाँस्तोला र डा मिलन अबाल सेवामा रहने छन् । त्यसैगरी जनरल सर्जन सेवातर्फ डा शिशिर देवकोटाले सेवा दिनेछन् । डा सन्तोषी थपलिया सरुवा भएर आएपछि स्त्री तथा प्रसूतिसम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा अब जिल्लामै पाइने छन् । यस्तै शरीरमा गाँठागुठी भएका, पाइल्स, फिस्टुला, हाईड्रोसिल, हर्निया, एपेण्डिसाइटिसलगायत विभिन्न शल्यक्रिया सेवा पनि यही अस्पतालाट प्रदान हुने अध्यक्ष गिरीले बताए ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा हेमन्त बाँस्तोलाले यो सेवासँगै जटिल अवस्थाका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था नआउने विश्वास व्यक्त गरे ।
अस्पतालले गत चैतदेखि उपचारका लागि आउने बिरामीको सहजताका लागि बहिरङ्ग सेवा १२ घण्टा सञ्चालन गर्दै आएको छ । पहिले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र सेवा सञ्चालन भइरहेको थियो । दिउँसो मात्र बहिरङ्ग सेवा सञ्चालन गर्दा बिहान बेलुका बिरामीले निजी क्लिनिकमा गएर औषधोपचार गर्नुपर्ने बाध्यता बढेको गुनासोपछि बिहान ७ बजेदेखि साँझ ७ बजे सम्म सेवा सञ्चालन गर्न थालिएको समितिका अध्यक्ष बाँस्तोलाले बताए ।
अहिले थप गरिएका सेवा पनि बहिरङ्ग विभागमा १२ घण्टा र अन्तरङ्ग विभागमा चौबिसैघण्टा उपलब्ध हुने उनले जानकारी दिए । यसबाट दैनिक मजदुरीमा जानेदेखि शिक्षक र कर्मचारी लाभान्वित भइरहेका छन् । “सेवा विस्तार गरिएको समयमा सेवा लिन आउँदा थप शुल्क लाग्दैन । नागरिककै सहजताका लागि आफूहरू थप समय अस्पतालमा खटिन तयार भएपछि यो सम्भव भएको हो”, उनले भने,“थप गरिएको समयमा पनि स्वास्थ्य बिमितहरूलाई स्वास्थ्य बीमामार्फत नै सेवासमेत उपलब्ध हुनेछ ।”
सार्वजनिक बिदाका दिनमा बहिरङ्ग सेवा बन्द हुने भए पनि सघन उपचार कक्ष सेवा भने २४ सै घण्टा खुल्ला हुने भएकाले दैनिक काम छाडेर उपचार गर्नुपर्ने बाध्यतासमेत हट्दै भएको छ । सेवा विस्तार गरे पनि अस्पतालमा अझै जनशक्ति अभाव छ । यो समस्या समाधानका प्रदेश सरकारले केही जनशक्ति थप गरिदिनुपर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गिरीको माग रहेको छ ।
यस अस्पतालमा दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । १५ शय्यामा सञ्चालित अस्पताल ५० शय्यामा स्तरोन्नति गर्ने कार्य पनि अगाडि बढिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार
साउन १२, २०८१ शनिबार
सिटी स्क्यान सेवा सुरू भएसँगै बिरामीलाई सहुलियत शुल्कमा परीक्षण गराउन सकिने
साउन १०, २०८१ बिहिबार
दमौली अस्पतालमा सर्पदंशको उपचार केन्द्र बनाइने
साउन १०, २०८१ बिहिबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
मौरिटानियामा जहाज दुर्घटना हुँदा २५ जनाको मृत्यु, १९० बेपत्ता
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
फ्रान्समा आज पनि रेल सेवा प्रभावित, आक्रमणकारीको खोजी जारी
साउन १२, २०८१ शनिबार
गाजास्थित विद्यालयमा इजरायली सेनाको आक्रमण, कम्तिमा ३० जनाको मृत्यु
साउन १२, २०८१ शनिबार
जनताले प्राप्त गरेको अधिकार कसैले खोस्न सक्दैन : अध्यक्ष प्रचण्ड
साउन १२, २०८१ शनिबार
धनगढीमा बिरामीको मृत्युपछि उत्पन्न तनावपूर्ण स्थति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार
साउन १२, २०८१ शनिबार
बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशुलीमा हरायो
साउन १२, २०८१ शनिबार
संसदीय सुनवाइ समिति बैठक बोलाइयो, प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय हुने
साउन १२, २०८१ शनिबार