चित्र बनाउने सीप सिकाउने कलामा रमाइरहेका पवन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २९, २०८१ मंगलबार १५:१५:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/pawan_GqhzKxhGq2_4PrcHOtsPs.jpg)
२९ जेठ, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा कार्यरत पवन नेपाली चित्रकलामा पोख्त छन् । फुर्सदको समयलाई सदुपयोग गर्दै उनी चित्र बनाइरहन्छन् । गाउँपालिकाले यहाँका विद्यालयमा सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत चित्र बनाउने सीप सिकाउने प्रशिक्षक समेत हुन् नेपाली ।
विगतमा फुर्सदको समयलाई सदुपयोग गर्दै चित्रकला बनाउँदै आएकामा पछिल्लो समय पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत आँबुखैरेनी–१ स्थित मित्रता माध्यमिक विद्यालयका २० जना विद्यार्थीलाई चित्रकलाको सीप सिकाउन थालेको उनले बताए । “चित्र बनाउने पहिल्यैदेखिको सोख हो, अहिले सिकेको सीप गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई सिकाउन पाउँदा निकै सुसी छु । यसले आम्दानी गर्न पनि सहज भएको छ”, नेपालीले भने ।
नेपालीले ढुङ्गा, पीपलको बोट, नाङ्लोमा चित्र कोरिससकेका छन् । एसएलसी दिएपछि नै चित्रकला सुरु गरेका उनले विगत १५ वर्षदेखि यसलाई निरन्तरता दिएको सुनाए । “पहिलेदेखि नै अलिअलि चित्रकोर्ने काम गर्थे तर अलि बढी सक्रिय हुन थालेको १५ वर्ष भयो । सुरुमा त खासै केही लाग्थेन, अहिले भने चित्र बनाउन पाइन भने नराम्रो लाग्छ, यसबाट आनन्दित छु, आम्दानीको स्रोत पनि भइरहेको छ चित्रकला”, उनी भन्छन् ।
पहिले शिक्षण पेसामा आबद्ध उनी हाल आँबुखैरेनी गाउँपालिकामा कार्यरत छन् तर फुर्सदको समयमा विद्यालयका बालबालिकालाई सिकाउने र घरमा समेत चित्रकोर्ने गर्छन् । उनले पछिल्लो पटक आँबुखैरेनी गाउँपालिका–१ स्थित अकला मन्दिर परिसरमा रहेको पीपलको बोटमा बनाएको गणेशको आकृतिले निकै चर्चा कमाएको छ ।
पर्यटकीय तथा धार्मिक क्षेत्र अकलालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित रुखमा गणेश आकृति कोरेको उनी बताउँछन् । उनले अगाडि थपे, “धार्मिक पर्यटकीयस्थल अकला मन्दिर परिसरमा रहेका रुखलाई कसरी आकर्षक बनाउन सकिन्छ भनेर सोच्दा गणेशको आकृति बनाउने सोच आयो । यत्तिकै रहेको रुखलाई सिँगार्ने काम गरेको हुँ । अहिले धेरैले मन पराएको देख्दा खुसी लागेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदन पुरस्कारका लागि पाँच कृति छनोट
साउन ८, २०८१ मंगलबार
बालेनको कविता- सत्यको कुनै एउटा पहिचान हुँदैन !
साउन २, २०८१ बुधबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
सौर्य एयर दुर्घटना: यस्ता छन हृदयविदारक तस्वीरहरु
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
आफूमाथि बलात्कार नभएको भन्दै सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ ले दिइन निवेदन
साउन ११, २०८१ शुक्रबार
'आइभिएफ' प्रविधिबाट बच्चा जन्माउनेको संख्या किन बढ्दैछ ?
साउन १२, २०८१ शनिबार
पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र “नमेटिने घाउ’’को आफ्नो दृश्यको डबिङ
साउन १२, २०८१ शनिबार
अर्थतन्त्र सुधार्न टालटुल गर्ने कि वास्तबिक समस्यासम्म पुगेर समाधान गर्ने ?
साउन १२, २०८१ शनिबार
१७ वर्षीय युवकको मृत्यलाई लिएर धनगढीको नोभा अस्पतालमा तनाव
साउन १२, २०८१ शनिबार