वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवाना हुने फैसला
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २९, २०८१ मंगलबार १५:१६:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/Bhuwan_Giri_Case-1705471652_vSE19vbzZh_T8Ta2mAbQm.jpg)
२९ जेठ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद सजाय तोकेको छ । काठमाडौं जिल्ला अदालतले न्यायाधीश गिरीलाई ७ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको हो ।
गिरीलाई पूर्वश्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै ७ वर्ष कैद सजाय सुनाएको हो । जिल्लाले उनलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको छ । जरिवानाको रूपमा सुनाएको उक्त रकम पीडितले पाउने छिन् । न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले वैवाहिक बलात्कार मुद्दामा गिरीलाई ७ वर्ष कैद र तीन लाख जरिवाना हुने फैसला गरेको हो ।
गत जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्धामा दोषी ठहर गरेको थियो । सजाय निर्धारणका लागि सोमबारको मिति निर्धारण गरिएको थियो । जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका बेला गिरीविरुद्ध उनकी पत्नी आरती रावलले गत वर्षको वैशाख १९ गते मुद्दा दायर गरेकी थिइन् । मुद्दाअघि बढेपछि निलम्बित गिरीलाई सर्वोच्च अदालतको चैत २१ गतेको आदेशले थुनामा पठाएको थियो । उनले गत वैशाख ३ गते जिल्ला अदालतमा आत्मसमपर्ण गरेका थिए ।
न्यायाधीश पत्नी रावल न्यायको माग गर्दै लामो समय सडक संघर्षमा उत्रिएकी थिइन् । पतिबाटै बलात्कार भएको मुद्दा किनारा लाग्न ढिलाइ भएको आरोप लगाउँदै उनी २०८० असार १० देखि दुई महिनासम्म अनसन बसेकी थिइन् । उनले ०८० माघ १ देखि दोस्रो चरणको अनसन थालेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूमाथि बलात्कार नभएको भन्दै सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ ले दिइन निवेदन
साउन ११, २०८१ शुक्रबार
बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले दिएन आदेश
साउन १०, २०८१ बिहिबार
उच्च अदालतमा फेरिए रजिस्ट्रार, फैसला कार्यान्वयन निर्देशनालयको महानिर्देशकमा सिंह
साउन १०, २०८१ बिहिबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
सौर्य एयर दुर्घटना: यस्ता छन हृदयविदारक तस्वीरहरु
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
आफूमाथि बलात्कार नभएको भन्दै सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ ले दिइन निवेदन
साउन ११, २०८१ शुक्रबार
'आइभिएफ' प्रविधिबाट बच्चा जन्माउनेको संख्या किन बढ्दैछ ?
साउन १२, २०८१ शनिबार
क्लबको भूमिका समाज सेवामा होः मुख्यमन्त्री कार्की
साउन १२, २०८१ शनिबार
पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र “नमेटिने घाउ’’को आफ्नो दृश्यको डबिङ
साउन १२, २०८१ शनिबार
अर्थतन्त्र सुधार्न टालटुल गर्ने कि वास्तबिक समस्यासम्म पुगेर समाधान गर्ने ?
साउन १२, २०८१ शनिबार