नेपालमा उत्पादित कटहरको भारतीय बजारमा माग बढ्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २९, २०८१ मंगलबार १५:४०:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/kathar_1_1gBrgPtVEU_xHipHyYjig.jpg)
२९ जेठ, जनकपुरधाम । धनुषामा उत्पादित कटहर भारतीय बजारमा लोकप्रिय हुँदै गएको छ । विगतमा यातायातको सुविधा नभएका कारण नेपाली बजारमा मात्र बिक्री हुने कटहर अहिले भारतीय बजारमा बिक्रवितरण भइरहेको छ, जसबाट ग्रामीण क्षेत्रका युवाले आर्थिक लाभ लिन थालेका छन् । नेपाली कटहर स्वादिलो तथा पुष्टकर रहेकाले भारतीय भारतीय बजारमा यसको माग बढ्दै गएको स्थानीयले बताएका छन् ।
सीमावर्ती बजार हरिनेका कटहर व्यवसायी श्यामशङ्कर कामतले नेपाली कटहरको भारतीय बजारमा माग बढिरहेको बताए । वैशाखदेखि भदौ महिनासम्म कटहरको राम्रो व्यवसाय हुने गरेकोले यस व्यवसायमा आफूजस्तै विभिन्न स्थानका करिब पाँचसय युवा संलग्न रहेको उनले बताए ।
धनुषा जिल्लामा चार सय २८ हेक्टर जमिनमा कटहर खेती हुने गरेको तथा यसपटक चार हजार चार सय ६७ मेट्रिकटन कटहर फलेको कृषि ज्ञान केन्द्र धनुषाका बागबानी विकास अधिकृत प्रदीप यादवले जानकारी दिए । यसको तरकारी, आचार तथा पाकेपछि फलका रुपमा 'कोवा' समेत खाने गरिएको उनले बताए ।
धनुषामा प्रति हेक्टर २० देखि २५ मेट्रिकटनसम्म कटहर उत्पादन हुने गरेको धनुषा जिल्लामा यसवर्ष राम्रो उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । खासगरी धनुषाको उतरीक्षेत्र ढल्केबजार, महेन्द्रनगर, पोर्ताहा, धारापानी, लालगढ र वयलवास लगायतका ग्रामीण क्षेत्रमा कटहरको उत्पादन अर्थात खेती हुने गरेकोले त्यहीबाट कटहर किनेर भारतीय बजारमा बिक्री गरेको व्यापारी राहुल साहले बताए ।
बेरोजगार भई बसेका युवाले कटहर बेचेर राम्रो आम्दानी गर्न थालेपछि यस व्यवसाय तर्फ अन्य युवा पनि आकर्षित भई आर्थिक लाभ लिँदै आइरहेका छन् । अहिले यहाँका युवा साइकलमा कटहर राखेर सीमावर्ती भारतीय बजार जयनगर, उमगावँ, बासोपटी, हरिने, हरलाखी, मधुवनी, मधवापुर र भिठ्ठामोड जस्ता बजारसम्म लगेर बिक्रीवितरण गरी अत्यधिक मुनाफा गरिरहेका छन् । धनुषाका गाउँगाउँबाट कटहर किनेर बिक्री गर्न जाँदा भारती सुरक्षाकर्मीले भने अवरोध गरिरहेको कटहर कारोबारीहरुको गुनासो छ ।
कटहरको व्यावसायिक रुपमा बिक्रीवितरण बढ्दै गएकाले कटहर खेतीका लागि प्रदेश तथा स्थानीय सरकारले पकेट क्षेत्र घोषणा गरी विशेष कार्यक्रम ल्याउनुपर्ने किसानको माग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब बर्दिबासमै सर्पदंशका बिरामीको निःशुल्क उपचार गरिने
साउन ११, २०८१ शुक्रबार
पूर्वराज्यमन्त्री रायको धारिलो हतियार प्रहार गरी हत्या
साउन ७, २०८१ सोमबार
मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको छड्के अनुगमन
साउन ६, २०८१ आइतबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
सौर्य एयर दुर्घटना: यस्ता छन हृदयविदारक तस्वीरहरु
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
इजरायली सेनाद्वारा गाजामा पुनः निकासीको आदेश जारी
साउन १२, २०८१ शनिबार
गण्डकीमा १२ दिन मात्रै बस्न थाले विदेशी पर्यटक
साउन १२, २०८१ शनिबार
साहित्य साधनाका लागि हाम्रो मुलुक ऊर्बर भूमि हो : प्रधानमन्त्री ओली
साउन १२, २०८१ शनिबार
द्रुत मार्गमा पट्यार लाग्दो काम, ३ सय ९४ रोपनी जग्गा अधिग्रहणमै रोकियो नेपाली सेना
साउन १२, २०८१ शनिबार
स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा मुलुकबाट ३१ अर्ब बाहिरियो
साउन १२, २०८१ शनिबार
अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डद्वारा गाजामा युद्धविरामको आह्वान
साउन १२, २०८१ शनिबार