विदुरमा एनआइसी एशियाका दुई शाखा विस्तार
इन्द्र रिजाल
बैशाख १३, २०७६ शनिबार ४:१९:७
नुवाकोट । बजार विस्तार गर्न तीव्र रुपमा लागेको एनआइसी एशिया बैंकको जिल्लामा आज दुई शाखा विस्तार गरिएको छ । एनआइसी एशिया बैंकको त्रिशूली शाखा र बेत्रावती शाखाको आज उद्घाटन गरिएको हो । यसअघि जिल्लाको बट्टारमा शाखा विस्तार गरिएको थियो ।
बैंकको त्रिशूली शाखाको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले तथा विदुर नगरपालिका– १० बेत्रावतीमा स्थापित शाखाको वडाध्यक्ष गणेशकुमार नेपालले उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा एनआइसी एशिया बैंकको प्रदेश नं ३ कार्यालयका इञ्चार्ज विकास खरेलले बैंकले सर्वसाधारणको सुविधाका लागि बचत र लगानीका साथै चमत्कारिक वित्तीय योजना ल्याएको दाबी गरे ।
यससँगै एनआइसी एशिया बैंकको शाखा सङ्ख्या १८१ पुगेको छ । चौबिसै घण्टा एटिएमसहितका सुविधा रहेको उक्त बैंकको जिल्लास्थित तीन शाखाबाट रु ८० करोड बचत तथा रु ७५ करोड ऋण प्रवाह गरिएको बैंकले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
राष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार