हेर्नुहोस् । तपाईंको नागरिकता कतै गैरकानुनी पो भयो कि ?
इन्द्र रिजाल
बैशाख १४, २०७६ शनिबार १३:५५:०
काठमाडौं । सर्वोच्च अदालतले २०५४ सालमा बाँडिएको नागरिकता कानुनविपरीत वितरण भएको भनि सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । यो सँगै त्यसबेला नागरिकता लिने ३४ हजार नागरिक र तिनका सन्तानको नागरिकता गैरकानुनी हुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र पुरुषोत्तम भण्डारीको इजलासले त्यस समयमा वितरण भएका र सवोच्चले बदर गर्न भनेका (अन्तरिम आदेश) नागरिकता प्रचलनमा नल्याउन अन्तरिम आदेश दिएको हो।
ती नागरिकताका आधारमा तिनका सन्तानलाई पनि नागरिकता नदिन पनि सर्वोच्चले अन्तरिम आदेश दिएको छ। रिट निवेदन दायर गर्ने मध्येका एक वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की लगायतले ०५४ सालमा कानुनविपरीत वितरित ३४ हजार नागरिकता र तिनका सन्तानलाइ वंशजको आधारमा नागरिकता दिइन लागिएको भन्दै ती नागरिकता खारेजीको माग गर्दै मागदाबी गर्दै वैशाख ३ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
०५४ सालमा अधिवक्ता बालकृष्ण न्यौपानेलेद्वारा दायर रिटमा ०५८ साउन ८ गते सर्वोच्च अदालतको विशेष इजलासले उक्त वितरण गरिएका ती नागरिकता संविधान र कानुनसम्मत नभएको भन्दै फैसला सुनाएको थियो।
उक्त रिट संविधान तथा ऐन नियमममा स्पष्टसँग गरिएका व्यवस्थाविपरीत नागरिता वितरण टोली कार्य निर्देशिका तयार गरी त्यसका आधारमा अनधिकृत रुपमा नागरिकता टोलीबाट ठूलो परिमाणमा नागरिकता वितरण गर्ने गरेको कार्यलाई संविधान र कानुनसम्मत मान्न नमिल्ने सर्वोच्चको ठहर थियो। आजको नागरिक दैनिकबाट
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार