रसुवागढी र साञ्जेनको साधारण शेयर : तीन लाख १७ हजारको आवेदन
इन्द्र रिजाल
बैशाख १४, २०७६ आइतबार २:४२:४०
काठमाडौं । जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयरमा सर्वसाधारणले उत्साहपूर्ण सहभागिता जनाएका छन् ।
चिलिमे जलविद्युत् कम्पनीका दुई सहायक कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको शेयरमा रु तीन करोड बढीको आवेदन परेको हो ।
चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाका अनुसार दुई वटा कम्पनीको साधारण शेयरमा रु तीन करोड १७ लाख बराबरको आवेदन परेको हो ।
रसुवागढीको शेयरमा तीन लाख सात हजार आवेदकले एक करोड ४१ लाख कित्ताका लागि आवेदन दिएका छन् । रसुवागढीले रु एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता शेयर बिक्री गरेको थियो ।
यस्तै साञ्जेन जलविद्युत् कम्पनीले रु ५४ करोड ७५ लाख बराबरको ५४ लाख ७५ हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो । त्यसमा कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर रसुवागढीले ९३ लाख ३९ हजार ४६७ कित्ता शेयरका लागि आवेदन माग गरेको थियो ।
कोइरालाका अनुसार साञ्जेनको शेयरमा तीन लाख चार हजार २१४ आवेदकले रु एक करोड ४१ लाख ४१ हजार ७५० कित्ता शेयरमा आवेदन दिएका छन् । दुईवटै कम्पनीको शेयरमा छ लाख बढी आवेदकले आवेदन दिएका छन् । सम्पूर्ण विवरण तयार पार्न केही दिन लाग्ने भएकाले आगामी साता शेयरको बाँडफाँट हुने सम्बन्धित कम्पनीले जनाएका छन् ।
जनताको जलविद्युत् कार्यक्रममा समावेश गरिएका ती आयोजनामा सभामुख कृष्णबहादुर महरा, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलगायतले आवेदन दिएका छन् । उत्साहपूर्ण तरिकाले लगानीकर्ताले शेयर खरीद गरेको भन्दै चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत कोइरालले आफूलाई हर्षित तुल्याएको प्रतिक्रिया दिए ।
जानकारहरुका अनुसार रसुवागढी जलविद्युत् कम्पनीको शेयरमा आवेदन गर्नेलाई ३० कित्ता शेयर पर्नसक्ने देखिएको छ । यस्तै साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयरमा लगानी गर्नेले २० कित्ता शेयर पाउन सक्ने देखिएको छ ।
आम नेपालीलाई जलविद्युत्को शेयर प्रदान गरी आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको हो ।
त्यसअघि माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् कम्पनीको साधारण शेयरमा समेत लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका थिए ।
रसुवामा निर्माणाधीन रसुवागढीको भौतिक प्रगति ७० प्रतिशत र माथिल्लो साञ्जेनको भौतिक प्रगति ७७ प्रतिशत र साञ्जेनको प्रगति ७० प्रगति भएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार