गाउँपालिका अध्यक्षको तलब विपन्नलाई
इन्द्र रिजाल
बैशाख १५, २०७६ आइतबार १२:१९:२३
दैलेख । दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले आफूले पाएको पारिश्रमिकमध्येको रु एक लाख ८० हजार गाउँपालिकाभित्र रहेका विपन्न, दलित, द्वन्द्वपीडित र जेहेन्दार व्यक्तिलाई हस्तान्तरण गरेका छन् ।
गाउँपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले निर्वाचन भएको दुई वर्षको अवधिसम्म प्राप्त गरेको पारिश्रमिकमध्येकै रकमबाट विभिन्न समस्या भएका सात जना व्यक्तिलाई रु एक लाख ८० हजार हस्तान्तरण गरेको बताए ।
द्वन्द्वपीडित परिवारका जेहेन्दार बालबालिका बालकुमारी खड्का र लक्ष्मी शाहीका छोरालाई पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले रु ५०÷५० हजारका दरले एक लाख रकम, शारीरिक तथा मानसिकरुपमा अशक्त र अपाङ्गता भएका गाउँपालिका वडा नं ३ का कालु खड्कालाई औषधि उपचार खर्चबापत रु १० हजार, दलित तथा जनजाति लोपोन्मुख तथा गरीब परिवार जेहेन्दार बालबालिकामध्ये गाउँपालिका वडा नं ७ का कक्षा १० मा अध्ययनरत मङ्गल विकलाई रु १० हजार, मिर्गाैला रोगका लागि उपचारका क्रममा मृत्यु भएका गाउँपालिका वडा नं १ का हस्तराज अधिकारीका छोराछोरीको पठनपाठनका लागि रु २० हजार जिब्रोको क्यान्सर भएका गाउँपालिका वडा नं ७ का पार्वती खत्रीका श्रीमान्को उपचारका लागि रु २० हजार र स्थानीय शिव मन्दिरमा खानेपानी धारा जडान गर्नका लागि रु १० हजार रकम कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष थापाले हस्तान्तरण गरेका हुन् ।
निर्वाचनका बेला आफूले पाउने पारिश्रमिक नलिने घोषणा गरेसँगै पारिश्रमिक रकमको उचित व्यवस्थापन गरेर कोष निर्माणसँगै विनियोजन बनाउने योजना गरेको भए पनि कोष निर्माणमा केही समय लाग्ने भएपछि तत्कालका लागि आफूले पीडितको छनोट गरेर रकम बाँडेको बताए ।
गाउँपालिका अध्यक्षले आफूले पाएको पारिश्रमिकबाट आफू जस्ता विपन्न वर्गको उत्थानमा सहयोग गरेको भन्दै द्वन्द्वपीडित बालकुमारी खड्काले आँशु झार्दै भने, “हामीजस्ता पीडितका लागि पनि भगवान् हुनुहुँदो रहेछ । सोचेका थिएनाँै यस्ता मनकारी नेता पनि हुँदारहेछन् । ”
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपखोटाङमा बन्यो सुम्लिखामा यलम्बर उद्यान
जेठ १८, २०८१ शुक्रबार
संरक्षण अभावमा जीर्ण बन्दै गौश्वारका प्राचीन सम्पदा
जेठ १८, २०८१ शुक्रबार
आज काठमाडौँमा हल्का वर्षा हुने पूर्वानुमान
जेठ १८, २०८१ शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्डको २३ वर्ष पूरा
जेठ १९, २०८१ शनिबार
युक्रेनले रुसविरुद्ध आफ्नो सीमाभित्र अमेरिकी हतियार प्रयोग गर्नसक्ने
जेठ १९, २०८१ शनिबार
मलाइका र अर्जुनको ब्रेकअप !
जेठ १९, २०८१ शनिबार