नेकपामा प्रदेश पदाधिकारीलाई पोलिटब्युरोमा समेट्ने तयारी
इन्द्र रिजाल
बैशाख १५, २०७६ आइतबार १२:३२:३१
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ले प्रदेश र जिल्लाको सन्तुलन मिलाउन प्रदेश पदाधिकारी सबैलाई पोलिटब्युरो कमिटीमा समेट्न छलफलको तयारी गरेको छ ।
पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज बनाउने गरी कार्यविभाजनको तयारी भएकाले प्रदेशका सबै पदाधिकारी, इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवलाई पनि समेट्न लागेको हो ।
प्रदेश कमिटीका केही सचिवहरू पोलिटब्युरो सूचीबाहिर परेपछि सचिवालयबाटै टुंग्याउन छलफलको तयारी भएको सचिवालयका एक नेताले बताए । वरिष्ठ नेता माधवकुमार नेपाल आइतबार चीन भ्रमणबाट स्वदेश फर्किएपछि सोमबारसम्म सचिवालय बैठक बोलाउने तयारी छ ।
पूर्वएमालेबाट ८१ र माओवादीबाट ६६ जना रहेको १ सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्ने गरी शीर्ष नेताहरूले कमटीको सूची तयार पारेका छन् ।
सूचीमा सात प्रदेशका २८ पदाधिकारीमध्ये २४ जना वरिष्ठताको मापदण्डअनुसार स्वतः पोलिटब्युरो सदस्य बन्दै छन् । तर, बाँकी पदाधिकारी वरिष्ठताको मापदण्डअनुसार नसमेटिने देखिएपछि उनीहरूसहितलाई समेट्ने उपायबारे सचिवालय बैठकले निकास निकाल्ने सचिवालयका एक सदस्यले बताए ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने दुवै समूहबाट साविक पोलिटब्युरोमा रहेका बाहेक वरिष्ठता र योगदान हेरेर चयन गर्ने मापदण्डमा सहमति जुटिसके पनि प्रदेश पदाधिकारी सबैलाई समेट्नेरनसमेट्ने विषयमा छलफल बाँकी नै रहेको बताए । ‘त्यसबारे ‘प्रदेश पदाधिकारी सबैलाई’ समेट्ने कि नसमेट्ने थप विषयमा केही पनि छलफल भएको छैन,’ श्रेष्ठले भने, ‘सबै सचिवालय बैठकबाटै अन्तिम टुंगो लाग्नेछ ।’
प्रदेश पदाधिकारीमध्ये वरिष्ठताको मापदण्डअनुसार सदस्य भीम आचार्य, सावित्रीकुमार काफ्ले, देवराज घिमिरे, सुरेश राई, सत्यनारायण मण्डल, विश्वनाथ शाह, प्रभु शाह, अष्टलक्ष्मी शाक्य स्वतः पोलिटब्युरोमा पर्नेछन् । त्यस्तै, हितबहादुर तामाङ, नारायण दाहाल, पृथ्बीसुब्बा गुरुङ, खगराज अधिकारी, शंकर पोखरेल, दलबहादुर राना, जगप्रसाद शर्मा, जनार्दन शर्मा, यमलाल कँडेल, गोरखबहादुर बोगटी, मायाप्रसाद शर्मा, भीम रावल, लक्ष्मण जोशी र कर्णबहादुर थापा पनि स्वतः पोलिटब्युरो सदस्य हुँदै छन् । साविक सचिवलाय सदस्य नरहे पनि पूर्वसभामुखसमेत रहेकी ओनसरी घर्ती वरिष्ठताकै मापदण्डअनुसार पोलिटब्युरोमा समेटिनेछन् ।
तर, साविक पोलिटब्युरोमा नरहेका र वरिष्ठतामा पनि अघि नरहेका प्रदेश २ का सचिव सुमन प्याकुरेल, प्रदेश ३ का सचिव आनन्दप्रसाद पोखरेल, प्रदेश ५ का सचिव गोविन्द नेपाली र सुदूरपश्चिमका सचिव नेपप्रसाद चौधरी सूचीमा छैनन् । उनीहरूलाई समेट्ने विषयमा छलफल हुने ती सचिवालय सदस्यले बताए । चौधरीबाहेक पोखरेल र नेपाली पूर्वएमाले समूहका हुन् । त्यस्तै, पूर्वमाओवादी समूहबाट प्रदेश सचिव बनेका जगप्रसाद शर्मा, सुरेश राई र मायाप्रसाद शर्मा पोलिटब्युरो सदस्य बन्ने सूचीमा रहेकाले पनि पूर्वएमाले समूहबाट प्रदेश सचिव बनेकाहरूलाई समेत समेट्नुपर्ने दबाबमा नेतृत्व छ ।
सबै केन्द्रीय कमिटी सदस्यहरू प्रदेश कमिटीको पनि पदेन सदस्य रहने विधानको व्यवस्था छ । उनीहरूलाई परिचाल गर्ने प्रदेश पदाधिकारीलाई माथिल्लो कमिटीमा राख्ने विषयमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेल सकारात्मक रहेको स्रोतको भनाइ छ ।’
वरिष्ठ नेता माधवकुमार नेपालसँग भने उनीहरूलाई पोलिटब्युरो सदस्य बनाउने विषयमा समझदारी भइनसकेको स्रोतले जनायो । जिल्ला इन्चार्ज पोलिटब्युरो सदस्य हुने भएकाले पनि कार्यकारी भूमिकामा रहने प्रदेश पदाधिकारीलाई समन्वय र निर्देशनको सहजताका लागि समेट्नुपर्ने शीर्ष नेतृत्वमाथि दबाब छ । नयाँ पत्रिकाबाट
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार