सर्किट ब्रेककाे अवस्थामा पनि साङ्ग्रिला डेभलपमेन्ट बैंकका शेयरधनीलाई नमिठो प्रतिफल
इन्द्र रिजाल
बैशाख १५, २०७६ सोमबार ०:५९:४१
काठमाडौं । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.३९ विन्दुले वृद्धि भई एक हजार ३१४.५१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार १.७३ प्रतिशतले वृद्धि भएको हो ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.१८ विन्दुले बढेर २८२.८५ विन्दुमा पुगेको छ । कूल १७६ कम्पनीको ४९ लाख २१ हजार ८४ कित्ता शेयर रु एक अर्ब ६७ करोड ५९ लाख ३८ हजार ८२० मूल्यमा खरीद बिक्री भए । पछिल्लो समयमा एकै दिन डेढ अर्ब माथिको कारोवार भएको पहिलो पटक हो । बजार विस्तारसँगै कारोवार रकममा समेत उल्लेख्य वृद्धि भएको स्टकले जनाएको छ ।
कारोवार भएका दश उपसमूह मध्ये आज दुई उपसमूहको शेयर घटेका छन् भने आठ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ ९.०२ र वित्त क्षेत्र ०.६८ विन्दुले घटेका छन् । यस्तै होटल ९०.४, विकास बैंक ६.१, जलविद्युत् ६२.५८, निर्जीवन बीमा ४६२.७९, उत्पादन ४६.३७, अन्य ५.६३, लघुवित्त ९१.०८ र जीवन बीमा ६२९.३८ विन्दुले बढेको छ ।
जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त कम्पनीको शेयर अस्वभाविक तवरले वृद्धि भएपछि सर्किट ब्रेक लगाउनु परेको थियो ।
स्टकका अनुसार आज नेपाल बैंकको मात्रै रु २३ करोड १९ लाख ६० हजार ७५० बराबरको कारोवार भएको छ । छिमेकी लघुवित्त विकास बैंकको रु नौ करोड २६ लाख ८३ हजार ४४५, प्राइम बैंक रु सात करोड ७३ लाख ४१ हजार ५२९, नेको इन्स्योरेन्स रु छ करोड २५ लाख ६२ हजार ४०२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार एसियन लाइफ इन्स्योरेन्स कम्पनी, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर तथा आरएमडिसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले दश प्रतिशतका दरले कमाएका छन् ।
यस्तै सनराइज बैंक ४.०४, रिलायन्स फाइनान्स ३.१२, साङ्ग्रिला डेभलपमेन्ट बैंक ३.०८ र कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीले २.९४ प्रतिशतले गुमाए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार