सञ्चारमन्त्रीद्वारा टुहुराको अभिभावकत्व ग्रहण
इन्द्र रिजाल
बैशाख १५, २०७६ सोमबार १:५६:४१
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भर्ना अभियान–२०७६ अन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका दुई बालबालिकाको आइतबार अभिभावकत्व ग्रहण गरी सामुदायिक विद्यालयमा भर्ना गराइ दिएका छन्।
मन्त्री बाँस्कोटाले पाँचखाल नगरपालिका–१ का आमाबाबु नभएका प्र्रीतम तामाङ र पाँचखाल –५ का बाबु नभएका निस्मा सुनारको अभिभाकत्व ग्रहण गरी कक्षा १ मा भर्ना गराइ दिए ।
कार्यव्यस्तताका कारण टुहुरा बालबालिका भर्ना गर्न आउन नसक्नुभएका मन्त्री बाँस्कोटाको अभिभावकत्वका लागि सम्बन्धित वडाका अध्यक्षले सहयोग गरेका छन् । वडा १ का का वडाध्यक्ष अष्ट तामाङले भने, “मन्त्रीज्यू अनुपस्थित रहनुहुँदा पनि आज हामीले बालबालिकाका लागि उनको अभिभावकत्वलाई सहयोग गरेका हौँ ।”
तामाङलाई पाँचखाल –१ स्थित ज्ञानेश्वरी माध्यमिक विद्यालय र सुनारलाई पाँचखाल –५ स्थित जनउद्धार प्राथमिक विद्यालयमा कक्षा १२ सम्मका लागि मन्त्री बाँस्कोटाले अभिभावकत्व ग्रहण गरी भर्ना गरिएको हो ।
मन्त्री बाँस्कोटाले गत साल पाँचखाल–१२ बालुवाका सुजन दनुवारको कक्षा १२ सम्मका लागि अभिभावकत्व ग्रहण गरेका छन् । दनुवार कक्षा १ को परीक्षामा दोस्रो भएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
ऐतिहासिक पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
गृहमन्त्री रवि लामिछानेमाथि कारवाही गर्न सभामुखलाई धनराज गुरुङको पत्र
जेठ ७, २०८१ सोमबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार