प्रधानसेनापति थापाले ल्याएकाे ‘सैनिक आचार संहिता २०७६’ मा के छ ?
इन्द्र रिजाल
बैशाख १७, २०७६ मंगलबार १३:४५:५७
काठमाडौं । नेपाली सेनाले आचार संसिता सप्ताह मनाएको छ । सेनाले सैनिक आचार संहिता २०७६ जारी गरेपछि आचार संहितालाई लागु गराउने उद्देश्यले यहि बैशाख ६ देखि १३ वैशाखसम्म आचारसंहिता सप्ताह पनि मनाएको हो ।
सैनिक प्रवक्ता सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले आचार संहिता लागु गर्न पहिलो पटक साताव्यापी अभियान सकिएकाे बताए । ‘यसअघि पनि नीति, निर्देशन र सर्कुलरका रूपमा केही नियम लागु गरिन्थ्यो । आचार संहिता बनाएर त्यसलाई कार्यान्वयन गर्न अभियान चलाइएको पहिलो पटक हो,’ उनले भने।
प्रधानसेनापति पूर्णचन्द्र थापाले शान्तिसेनामा सैनिक उच्च अधिकारीको सिफारिसमा पठाउने मिल्ने कोटा हटाएका छन् । अब ज्येष्ठताका आधारमा मात्र सैनिकले शान्ति सेनामा भाग लिन पाउनेछन् । ‘हाम्रा प्रचलित आचारसंहितामा थपघट गरेर प्रधानसेनापतिज्यूको मार्गनिर्देशन तथा यसबीचमा बनेका नियमपद्धति समेटेर आचारसंहिता ग्रन्थ तयार गरेका छौँ । यो ग्रन्थ सबैलाई वितरण गरेर कार्यान्वयन प्रारम्भ भइसकेको छ,’ सैनिक प्रवक्ता सहायकरथी पाण्डेले जानकारी दिएका छन् :– ‘बहालवालालाई मात्र होइन, आचारसंहिता भूतपूर्व सैनिकको सबै तहमा लागू भएको छ ।’ उनले हरेक नीति निर्माणअघि सेनाको तलदेखि माथिल्लो तहसम्म सुझाब लिने व्यवस्था गरिएको पनि बताए ।
प्रधानसेनापति थापा भन्छन्, ‘आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दा होइन’
उनका अनुसार बजेट पारदर्शी बनाउन सेनाले बजेट आचार संहिता ०७६ लागू गरेको छ । बजेटसम्बन्धी आन्तरिक निर्देशिका पनि जारी भएको छ । ‘पुराना बेरुजु फस्र्योट गर्न र बेरुजु हुन नदिन उच्चस्तरीय समिति गठन भएको छ र समितिले काम थालेको छ’ सैनिक प्रवक्ता पाण्डेले भने । प्रधानसेनापतिले आचारसंहिता भूतपूर्व सैनिक जवानदेखि पूर्वप्रधानसेनापतिलाई समेत लागू गर्न मातहतमा निर्देशन दिएका छन् । राष्ट्रिय सुरक्षा, नेपाली सेनाको छविमा आँच आउन नदिन र सेवामा रहँदा प्राप्त भएका गोप्य सूचना सार्वजनिक गर्न नदिन उनीहरूलाई पनि आचारसंहिता लागू गरिएको सेनाले जनाएको छ ।
पूर्वप्रधानसेनापति रुक्मांगद कटुवाल, छत्रमानसिंह गुरुङ तथा पूर्वरथी विवेक शाहले लेखेको संस्मरणपछि रक्षामन्त्रालयको निर्देशनमा सेनाले संस्मरण तथा विगतका सूचना सार्वजनिक गर्ने गरी किताब लेख्न रोक लगाएको छ । ‘अवकाशप्राप्त सैनिकलाई सेवा छाडेको ६ महिनाभित्र सैनिक ऐन लागू हुने कानुनी व्यवस्था छ, तर उनीहरूलाई आवश्यक परेका वेला हाजिर हुने वचनबद्धतामा सहीछाप गराइएको हुन्छ,’ प्रवक्ता पाण्डेले भने । तीन वर्षअघि २ जेठ ०७३ मा निर्देशन समितिले भुपूलाई संवेदनशील विषयमा किताब लेख्न रोक लगाउने निर्णय गरेरको थियो । आचारसंहिता उल्लंघन गरे पूर्वअधिकारीमाथि पनि कारबाही गर्ने आदेशअनुसारएक महिनाअघि जंगी अड्डाले पूर्वसहायकरथीद्वय डा. प्रेमसिंह बस्न्यात र धर्म बानियाँलाई राजनीतिक अभिव्यक्ति नदिन सचेत गराएको थियो ।
सहायक रथीलाई सचेत–पत्र, बस्न्यातले गरे प्रतिवाद !
आफ्नो जाति धर्म क्षेत्रसँग सम्बन्धित आन्दोलनबारे सामाजिक सञ्जालमा वा अन्य प्रकारका प्रचारप्रसार गर्ने अभिप्रायले प्रयोग गर्ने वा उक्त लेख सामाग्री लाइक कमेन्ट र सेयर गर्न नपाइने नियम सेनाले बनाएको छ। कुनै राजनीतिक पार्टी वा अन्य कुनै व्यक्तिसँग सेनाको अनावश्यक टिप्पणी तथा गोप्य सूचना चुहाउने काम गरे कारबाही गर्ने आचारसंहितामा व्यवस्था गरिएको छ।
आचारसंहितामा सैनिकले कुनै पार्टीको सभा, समारोह, सम्मेलन, प्रदर्शन, अन्तरक्रिया छलफल तथा प्रशिक्षणमा सहभागी हुन पनि पूर्ण रूपमा निषेध गरेको छ।
विदेशी नियोगसँग गरिने सबै पत्राचार सेनाको विदेश शाखामार्फत् हुनु पर्ने र यस्ता पत्राचार इमेलमार्फत् गर्दा नेपाली सेनाको आधिकारिक इमेलबाट मात्रै गर्नु पर्ने प्रावधान आचारसंहितामा राखिएको छ।
‘पदोन्नति सरूवा शान्ति सेनाजस्ता अवसरको प्रलोभन देखाई शारीरिक सम्बन्ध स्थापना गर्नु अनैतिक र भ्रष्ट आचरण मात्र नभई यौन दुर्वयवहार हो,’ आचार संहितामा भनिएको छ,‘हरेक कमाण्डरले आफूअन्तर्गतलाई यौनजन्य दुर्वव्यवहार र लैंगिक भेदभावरहित वातावरण बनाउनु कमाण्डरको नैतिक जिम्मेवारी हो।’
ठेकेदारसँग लिने उपहारलाई बन्द गर्ने विषयलाई समेत सेनाले आचार संहिता महत्वका साथ उल्लेख गरेको छ।
आचार संहितामा भनिएको छ,‘ठेकेदारले नेपाली सेनाबाट खरिद गरिएका रासनपानी तथा विभिन्न सामान उपलब्ध गराउँदा कम गुणस्तरको दिने र उपहार व्यवस्था गराउन खोज्दछन् । तसर्थ यस्ता अवाञ्छित क्रियाकलपामा कुनै पनि अवस्थामा संलग्न हुनु हुँदैन।’
तालिमको क्रममा प्राप्तांक ग्रेडिङ र मर्यादाक्रमलाई प्रभावित पार्ने गरी उपहार लेनदेन गर्ने दुबैलाई सजाय दिइने प्रावधान राखिएको छ।
शान्ति सेनाबाट फर्केर आउने सैनिकले स्वेच्छामा युनिटलाई सम्झनास्वरूप उपहार ल्याउनु स्वीकार्य भए पनि युनिटहरूले नै बाध्यात्मक नियम बनाई खसी, इलोक्ट्रोनिक सामान, नगद रकम ल्याउने प्रावधान बनाएमा मान्य नहुने आचारसंहितामा उल्लेख गरिएको छ।
वैशाख १३ गते बलाधिकृत रथी शरद गिरीले एक विशेष समारोहकाबीच जङ्गी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा कार्यक्रमको समापन गरे । गिरीले उत्कृष्ट सैनिक अनुशासन र आचरण सहितको सैनिक चरित्रको विकास गर्ने लगायतका उद्देश्यहरु सहित प्रधानसेनापतिको अभिप्राय एवं निर्देशनमा प्रत्येक वर्षको पहिलो महिनाको पहिलो हप्ता देशभर तथा विदेशमा तैनाथ नेपाली सेनाका सवै निकायहरुमा आचार संहिता सप्ताह मनाउने योजना अनुरुप प्रथम पटक यस कार्यक्रमको आयोजना गरिएको बताए । सैनिक चरित्रको थप उत्थान तथा विकासका लागि संस्थाका मुल्य मान्यता एवं मार्ग निर्देशक सिद्धान्तहरुलगायत हामीलाई थाहा भएका कैयन् विषयहरुलाई पुनः स्मरण गर्ने र एउटा सिपाही तथा जिम्मेवार नागरिकका रुपमा कर्तव्यपालनाका क्रममा गर्नु पर्ने, गर्न हुने र गर्न नहुने विषयहरुमा विद्यमान अस्पष्टताहरु हटाउंदै समग्र सचेतना अभिवृद्धि गर्ने कुरामा ‘आचार संहिता सप्ताह’ले नयाँ आयाम शुरुवात गरेको कुरामा आफू विश्वस्त रहेको समेत बताए ।
‘आचार संहिताको सप्ताह : सैनिक सदाचारको उत्साह’ भन्ने मूल नाराका साथ विदाको दिन बाहेक ७ दिनसम्म संचालन भएको उक्त कार्यक्रममा नेपाली सेनाका विभिन्न कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय, पृतना, बाहिनी, गण र गुल्मका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्नो जिम्मेवारी तथा भुमिकाको बारेमा कक्षाहरु सञ्चालन गरेका थिए । यस आचार संहिता सप्ताहले सकलदर्जालाई थप शिक्षित, सचेत, अनुशासित, इमान्दार र कर्तव्यनिष्ठ बनाएको विश्वास नेपाली सेनाले लिएको छ । उक्त सप्ताहमा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिकलगायत सकलदर्जाको उत्साहपूर्ण उल्लेखनीय सहभागिता रहेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु, एक सिकिस्त
जेठ २०, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने कार्यसूची
जेठ २०, २०८१ आइतबार
भारतको लोकसभा निर्वाचन: एक्जिट पोलमा मोदीलाई फराकिलो बहुमत !
जेठ २०, २०८१ आइतबार
रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि
जेठ २०, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
आज दिउँसो देशभर आंशिक बदली हुने
जेठ २०, २०८१ आइतबार