ने क पा नेताहरु भन्छन् :- महासचिव पौडेलका कारण पार्टी नै बदनाम भयो
इन्द्र रिजाल
बैशाख १७, २०७६ मंगलबार १४:१३:१८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम तथा बजेटको विषयमा छलफल गर्न सोमबार बोलाएको सचिवालयको अनौपचारिक बैठकमा ने क पाका नेताहरूले ललितानिवास जग्गा प्रकरणमा पार्टीको बदनाम भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा ने क पाका सचिवालय सदस्यहरूले सरकारले ल्याउन लागेको बजेटसँगै ललितनिवासको जग्गा प्रकरणबारे पनि आआफ्ना धारणा राखेका थिए । बैठकमा सहभागी सदस्यहरूले महासचिव विष्णु पौडेल नै सो प्रकरणमा मुछिएपछि पार्टीकै बदनाम भएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
सुरुमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ललितानिवासको जग्गा फिर्ता गर्ने सरकारको कदम स्वागतयोग्य भएको उल्लेख गर्दै त्यसमा कसकसबाट त्रुटि भएको हो, त्यसलाई मिहीन ढंगले केलाउनुपर्नेमा जोड दिए। ‘कसकसका पालामा कुन आधारमा कसले के विषय उठान गरे र सरकारी कर्मचारीलाई समेत प्रभावमा पारेर केके निर्णय भएका थिए, त्यसबारे पार्टीकै तर्फबाट मिहीन ढंगले केलाउनुपर्छ,’ नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सरकारले राम्रो काम गरेको हुँदाहुँदै पार्टी कसरी बदनाम भयो, त्यसबारे पनि पार्टीभित्र छलफल चल्नुपर्छ।’ उनले मुख्य सचिवलाई त्यस समयमा भएका मन्त्रिपरिषद् बैठकका सबै निर्णय हेर्न लगाउनुपर्ने र त्यसमा भएका त्रुटि केलाउनुपर्ने बताएका थिए।
अर्का नेता वामदेव गौतमले पनि ललितानिवास प्रकरणमा महासचिवलाई जोडेर पार्टीको बदनाम गर्न खोजिएको उल्लेख गर्दै सरकारले जग्गा फिर्ता गर्ने कार्य सुरु गरेर राम्रो गरेको प्रतिक्रिया दिए। तर महासचिवको पनि जग्गा रहेको विषयले व्यक्तिलाई भन्दा पार्टीलाई ‘हिट’ गर्न थालिनु राम्रो पक्ष नभएको उनको धारणा थियो। ‘जग्गा फिर्ता गर्ने सरकारको निर्णय राम्रो हो तर महासचिवकै कारण पार्टी बदनाम हुनु राम्रो होइन,’ गौतमको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘काम गरेको भन्दा बढी पार्टीको बदनाम हुन थालेको विषयलाई ध्यान दिएर त्यसलाई बेलैमा रोक्नुपर्छ।’
बैठकमा सहभागी झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले पनि सरकारको कामको चर्चा हुनुपर्नेमा ललितानिवास प्रकरणले पार्टीको बदनाम गराउन खोजेकाले त्यसतर्फ सचेत हुनुपर्ने धारणा राखेका थिए । उनीहरूले त्यसको सत्यतथ्य जानकारी गराइनुपर्ने धारणा राखेका थिए। त्यस्तै उपप्रधानमन्त्री एवं ने क पा सचिवालय सदस्य ईश्वर पोखरेलले पनि महासचिवमाथि नियोजित रूपमा प्रहार हुन थालेको र त्यसले पार्टीलाई समेत विवादमा तान्न खोजेकाले सबै भएर त्यसको प्रतिवाद गर्नुपर्ने धारणा राखेको स्रोतले जनाएको छ।
‘सरकारका कामलाई ओझेलमा पार्नेगरी महासचिवको कुरा जसरी उठाइँदै छ, त्यो राम्रो पक्ष होइन र यसलाई हामी सबैले मनन गर्ने बेला भएको छ,’ पोखरेलले भने। सबैको धारणा सुनेपछि प्रधानमन्त्री ओलीले यो विषयमा कतिपय स्थानमा आफूले पनि प्रस्ट पार्ने कोसिस गरेको, सञ्चारमन्त्री र भूमिसुधारमन्त्रीले पनि प्रस्ट पार्न खोजेको बताएका थिए। बैठकमा वैशाख २० गते सरकारका तर्फबाट ल्याउने नीति तथा कार्यक्रमबारे पनि छलफल भएको थियो। नेताहरुले चुनावी घोषणाअनुसार नीति तथा कार्यक्रम ल्याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन्। नागरिक दैनिकबाट
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार